अहिले त जनयुद्धलाई गालामा लगाउँदा पनि नरम हुन्छ : एमाले नेता

 नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज (बुधबार) साँझ बस्ने भएको छ । माओवादी केन्द्रका वरिष्ठ नेता एवं एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले भने , ” साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर सहमति हुन बाँकी रहेका विषयहरु टुङ्गो लगाउने कोसिस गर्छौं । सबै विषयहरुमा लगभग सहमति जुटिसकेको छ । ,” 

697406530uml-maobadi

एमाले नेता भन्छन्– अहिले जनयुद्धलाई गालामा लगाउँदा पनि नरम हुन्छ 
एमालेका नेता भने पार्टी एकतामा कुनै समस्या नरहेको दाबी गर्छन् । अहिले विवादित भनिएका विषयहरु छलफल गर्न बाँकी नै रहेको दावी एमालेको छ । 

एमाले नेता सुरेन्द्र पाण्डेले एमालेले जनयुद्ध स्वीकार गर्दा केही नबिग्रने बताए । “अहिले बाहिर विवादित भनिएका विषयहरु छलफल गर्न बाँकी छ । जनयुद्ध स्वीकार गर्दा के बिग्रन्छ त ? गिरिजाप्रसाद कोइरालाले जनयुद्धमा लागेको मान्छेसँग शान्ति वार्ता गरेको होइन र ? नस्वीकार्ने प्रश्नै भएन । जनयुद्धले हिजो पोल्थ्यो, अहिले गालामा लगाउँदा पनि नरम हुन्छ । हिजोको कुराबाट कोही डराउनु पर्दैन । त्यो एउटा इतिहास हो,” पाण्डेले भने । सहमति हुन बाँकी रहेका विषयहरु आफूहरुले छिट्टै टुङ्ग्याउने दावीसमेत उनले गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने