अस्वस्थ प्रधानमन्त्री ओली अस्पतालमा भर्ना !

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।

उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।

प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । डा. सायमीले भने, ‘प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको हो । उहाँको स्वास्थ्य अहिले सामान्य छ ।’

डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिनेछ ।  ‘आज बिहान फेरि ९ बजे हामी हेर्छौं, त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ । मलाई लाग्छ, अझै १–२ दिन अस्पतालमै राख्नुपर्छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।