April 1, 2020

असहाय र श्रमिकलाई राहत दिन मापदण्ड बन्यो, कसले पाउँछन् राहत ?

काठमाडौंं। कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायलाईलाई राहत वितरणका लागि सरकारले मापदण्ड जारी गरेको छ। राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि अर्थ मन्त्रालयले मापदण्ड जारी गरेको हो।

सरकारले लकडाउन घोषणा गरेसँगै प्रभावित भएका श्रमिकहरुको दैनिक जीवनयापनका लागि राहत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

राहत कति ?

मापदण्ड अनुसार श्रमिक र असहायले प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ लिटर तेल, ४ वटा सावुन र २ केजी चिनी पाउनेछन् ।

२ जना भन्दा बढी सदस्य रहेको परिवारले यो राहत प्राप्त गर्नेछन् । २ जनाभन्दा कम सदस्य रहेमा तोकिएको भन्दा आधा राहत पाउने व्यवस्था गरिएको छ ।

कसले पाउँछन् राहत ?

मापदण्डमा राहत पाउने वर्ग पनि स्पष्ट तोकिएको छ । जसअनुसार पसलबाट घरमा सामान ओसारपसार गर्ने व्यक्ति, पर्यटक भरिया, निर्माण क्षेत्रका भरिया, ट्रक ट्रिपरमा सामान अनलोड गर्ने श्रमिक वर्ग, अर्काको खेतबारीमा ज्यालादारी गर्ने श्रमिक, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, गिट्टी कुट्ने मजदुर, निर्माण क्षेत्रमा काम गर्ने सिकर्मी, डकर्मी र हेल्पर नाङ्लो पसले, दैनिक ठेक्कामा टेम्पो, ट्याक्सी चलाउने, रिक्सा तथा ठेलागाडा चालक, गार्मेटलगायतका पसलमा दैनिक ज्यालादारी काम गर्ने वर्गले राहत पाउनेछन्।

यसैगरी कसैको लालन पालनमा नरही अशक्त आवास विहिन भई मन्दिर, आश्रम, धर्मशाला लगायतका स्थानमा बस्ने व्यक्ति समेतले सरकारको राहत पाउने व्यवस्था गरिएको छ ।

कहाँबाट पाईन्छ राहत ?
सरकारले घोषणा गरेको राहत स्थानीय तहका वडाहरुबाट प्राप्त गर्न सकिनेछ । स्थानीय तहहरुले लगत राखेर मापदण्ड अनुसार तोकिएको राहत वितरण गर्नसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने