अवसरको पर्खाइमा रहेका छन् सन्दीप लामिछाने

एकपछि अर्को खेलमा नराम्ररी हार बेहोर्दा पनि अवसरकै पर्खाइमा दिल्ली डेयरडेभिल्सकै बेन्चमा छन् नेपालका युवा प्रतिभावान खेलाडी सन्दीप लामिछाने । सन्दीप नेपालका त्यस्ता खेलाडी हुन् जसले अन्तर्राष्ट्रिय स्तरमा आफुलाई माथिल्लो दर्जामा उभ्याउन सफल भइसकेका छन् ।

Sandeep-Lamichhane-DD

जारी आइपीएलमा मैदान उत्रिन्छन् कि भनेर लाखौं नेपालीले आशा गरे पनि यसअघि भएका ४ खेलमा उनले अवसर भने पाएनन् । त्यसको मुख्य कारण हो, उनी भन्दा नाम चलेका र अलराउण्ड प्रदर्शन गर्न सक्ने खेलाडी टिममा हुनु नै । चर्चित खेलाडी ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता खेलाडीसँग सन्दीपले प्रतिस्पर्धा गर्नुपरेको छ । 

दिल्ली डेयरडेभिल्सले एक खेलबाहेक अन्य खेलमा बिर्सनलायक प्रदर्शन गरेको गरिरहेको छ । आफुले खेलेको ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार बेहोरेको दिल्ली आईपीएलको पुछारमा छ ।  शनिबार दिल्लीले आफ्नो पाचौँ खेलमा भारतीय कप्तान विराट कोहली रहेको रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । बेंगलुरुमा बेलुकी ८ बजेर १५ मिनेटमा सुरु हुने खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । 

बेंग्लोरविरुद्धको खेलमा सन्दीप पर्ने सम्भावना पनि  कायमै रहेको छ । किनभने यसअघि भएका खेलहरूमा विदेशी खेलाडी एक खेलमा बाहेक अन्यमा खासै चल्न सकेका छैनन् । त्यसैले पनि सन्दीपले मौका पाउन सक्ने अनुमान खेलप्रेमीहरुले गरेका छन् ।

साविक विजेता मुम्बई इन्डियन्सविरुद्धको खेलमा जासन रोयले अविजित ९१ रन बनाउँदा दिल्लीले ७ विकेटको जित निकालेको थियो । उनकै उत्कृष्टतामा दिल्लीले जित हात पारेको थियो । 

दिल्लीका स्पिनरहरू चल्न नसकेको अवस्थामा सन्दीप पर्ने सम्भावना पनि धेरै रहेको छ । भेट्रान खेलाडी अमित मिश्र पहिलो खेलमा खराब प्रदर्शनका कारण बेन्चमै बसेका छन् । उनको सट्टा प्रशिक्षक रिकी पोन्टिङले शहबाज नदिमलाई टिममा समावेश गरेका थिए । उनले पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । ३ खेलमा ३ विकेट लिएका छन् भने उनको इकोनोमी ९.९० मा छ ।

लगातार हारपछि दिल्लीले आफ्नो टिमको बारेमा विश्लेषण गर्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको विश्लेषणमा सन्दीपले अवसर पाए राम्रो प्रदर्शन गर्न सक्ने पनि उल्लेख गरेको छ ।

यु–१९ विश्वकप ह्याट्रिक विकेट तथा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को प्लेयर अफ द सिरिज समेत भएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् । अवसर पाए दिल्लीलाई खेल जिताउन सक्ने खुबी उनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति