अर्बपति उम्मेदवार बाबिसको दल तीन गुणा बढी मतले विजयी

५ कात्तिक : चेक गणतन्त्रमा सम्पन्न आम निर्वाचनमा लोकप्रियतावादी अर्बपति उम्मेदवार एन्ड्रे बाबिसको दल विजयी भएको छ । ६३ वर्षीय बाबिस चेक गणतन्त्रकै दोस्रो धनी व्यक्ति हुन । बाबिसको एएनओ पार्टीले करिब ३० प्रतिशत मत पाएको छ । उनको दलले पाएको मत प्रतिद्वन्द्वी दलले ल्याएको मतभन्दा तीन गुणा बढी हो ।

Andre-Babis-check-Republicमध्य दक्षिणपन्थी सिभिक डेमोक्रेट्स र पाइरेट्स पार्टी क्रमशः दोस्रो र तेस्रो भएका छन् । निर्वाचन परिणामले अन्य दलसँग गठबन्धन गरेर बाबिस प्रधानमन्त्री बन्ने देखाएको छ । युरोपेली संघप्रति शंका राख्ने बाबिसले संस्थापनविरुद्ध चुनावी अभियान चलाएका थिए । निर्वाचनमा ६१ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । अनुमानित चार अर्ब डलर बराबरको सम्पत्तिका मालिक बाबिसको खानेकुराको उत्पादन र सञ्चारमाध्यम लगायतका क्षेत्रमा लगानी छ ।

कम्युनिष्ट शासनका बेला प्रहरीका लागि काम गरेको लगायतका आरोप उनिमाथि छ । उनले युरोपेली संघभित्र चेक गणतन्त्रलाई राखिराख्ने भए पनि एउटै मुद्रा चलाउने युरोजोन समूहमा नलैजाने बताएका छन । खाद्य गुणस्तर र ‘आप्रवासी समस्याको समाधान’का मुद्दामा परिवर्तन ल्याउन आफूले युरोपेली परिषद्‍मा प्रस्ताव लैजाने बाबिसको भनाई छ । बाबिसको चरम दक्षिणपन्थी पार्टी चेक गणतन्त्रमा इस्लाममाथि प्रतिबन्ध लगाउन चाहान्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण