अर्थतन्त्रको गलत आँकडा देखाएर भ्रमको खेती सुरु : कांग्रेस नेता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतासँग बाँडेका आश्वासनहरु पूरा गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर भ्रमको खेती गर्न लागेको आरोप लगाएका छन् । 

तनहुँको घिरिङ गाउँपालिका–२ मा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई कम्युनिष्ट गठबन्धनले बाँडेको आश्वासन अनुसारको काम गर्न नसक्ने भएपछि अर्थमन्त्री युवराज खतिवडाले संसदमा झुठो बोलेको दावी गरे ।  ‘‘जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याए । तर अहिले काम गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागे,’’ उनले भने, ‘‘उनीहरु अहिले जनतालाई बाँडेको आश्वासन पुरा गर्न नसक्ने भएपछि नाटकमा लागेका छन् ।’’ कम्युनिष्ट एकताको अहिले नाटक मञ्चन भइरहेको जिकिर गर्दै नेता पौडेलले थपे, ‘‘साँच्चै कम्युनिष्ट एकता भएको हो भने कम्युनिष्ट शासन लगाउथे तर यो मिलेर मुलुकको दोहन गर्ने राणनीति मात्रै हो ।’’ 

कांग्रेसले गाउँमा बाटोघाटो, विजुली, शिक्षा, स्वास्थ्य, सञ्चार पु¥याएको बताउँदै पौडेलले अहिले कांग्रेसको उद्देश्य विगतको जस्तो गाउँमा बाटोघाटो, विजुली, शिक्षा, स्वास्थ्य र सञ्चार नभई गाउँमा आम्दानी गाउँमै रोजगारी पु¥याउने भएको बताए । ‘‘अब राजनीतिक व्यवस्थाको टुंगो संविधानले लगाएको छ । अब समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्छ’’, उनले भने, ‘‘त्यसका लागि अब गाउँ–गाउँमा आम्दानी  र रोजगारीका अवसर सृजना गर्नुपर्छ ।’’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी