अर्जेन्टिनालाई हराउँदै ब्राजिललाई उपाधि !

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । यससँगै मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि ब्राजिलले जितेको छ ।

Soccer Football - International Friendly - Brazil v Argentina - King Abdullah Sports City, Jeddah, Saudi Arabia - October 16, 2018  Brazil's Neymar, Roberto Firmino and teammates celebrate with the trophy after the match     REUTERS/Waleed Ali

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध नेयमार, कोउटिन्हो र फिर्मिनोको आक्रामक जोडीले प्रभाव जमाउन सकेन ।

अर्जेन्टिनाले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन र एन्जल डे मारियालाई पनि विश्राम दिएको थियो । यसका बाबजुद रक्षात्मक रुपमा युवा टोलीले राम्रो प्रदर्शन गर्यो । ब्राजिलले भने खेल अवधिभर बिरलै राम्रो आक्रमण बुन्न सक्यो । युरोपमा नाम कहलिएका खेलाडीलाई मैदानमा उतारेको ब्राजिलले अर्जेन्टिनाको युवा टोलीलाई समस्या दिन सकेन ।

अर्जेन्टिनाका लागि फरवार्डहरुले उल्लेख्य आक्रमण गर्न नसके पनि डिबालाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो । त्यसअघि निकोलस ओटामेन्डीले मिरान्डाकै हेडरलाई गोललाइनबाट क्लियर गरेका थिए । अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो । रुसमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक बर्खास्तमा परेर लिओनेल स्कालोनीले टोलीलाई सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति