असोज ५, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचार नियन्त्रणमा लागि परेको दाबी गरेका छन् ।
जितिया पर्वका अवसरमा थारु समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका निम्ति सबै राजनीति दलहरु एकजुट हुनुपर्ने धारणा राखे ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले नै व्यवस्थालाई खतरा आयो भन्ने कुरा सत्य नभएको पनि औँल्याए । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको उनको आरोप छ । उनले भने, ‘अहिले नै व्यवस्थामाथि खतरा आयो भन्ने कुरा सत्य होइन । तर केही उछृंखल गतिविधि भने बढेको देखिएको छ । राजनीतिक दल र सरकारले त्यसको प्रतिवाद गर्नुपर्छ ।’
त्यस्तै उनले मन्त्रिमण्डल पुनर्गठनबारे नसोध्न पत्रकारहरुलाई आग्रह गरे । ‘मलाई मन्त्रिमण्डल पुनर्गठनबारे नसोध्नुस्। यसले मलाई हैरान पारेको छ । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ । उहाँले नचाहँदासम्म पुनर्गठन हुँदैन’, अध्यक्ष दाहालले भने ।
आधाआधा सरकार चलाउने कुरामा पार्टीले निर्णय गरे अनुसार हुने पनि उनले स्पष्ट पारे ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत