अमेरिकाले हातझिकेपछि गर्भ निरोध र सुरक्षित गर्भपतनकालागि डेनमार्कले सहयोग गर्ने

timthumb (2)विश्वभरका महिलाहरुको प्रजनन स्वास्थ्य तथा महिला अधिकारका क्षेत्रमा प्रयोग गरिने कोषका लागि अमेरिकी सहायताबाट ट्रम्प प्रशासनले हात झिकेपछि अब सो कोषको उत्थान र महिला अधिकारको प्रत्याभूतिका लागि डेनमार्ककी भूतपूर्व विकाश मन्त्री उल्ला तोर्न्यासले आफ्नो आगुवाइमा युरोपियन एकीकृत प्रयास शुरु गरेकी छिन।

विशेषत: विकासोन्मुख मुलुकका महिलाहरुका अवान्छित गर्भ निरोध, सुरक्षित गर्भपतन र स्वस्थ प्रजनन प्रक्रियाका लागि ती क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था मार्फत उपलब्ध गराउंदै आएको वार्षिक १० बिलियन अमेरिकी डलर बराबरको सहायता ट्रम्प प्रशासनले रोक्का गर्ने निर्णय गरेपछि युरोपका डेनमार्क, नेदरल्याण्ड, स्वीडेन, जर्मनी, फ्रान्स लगायतका देशहरुले गम्भीर चासो व्यक्त गर्दै आएका थिए।

अमेरिकी निर्णयबाट विश्वका गरिव तथा कम्जोर महिलाहरु नराम्ररी प्रभावित हुने देखेर आफूले युरोपेली देशहरुलाई एकठाउँ उभिएर मानवीय कर्म गर्न प्रोत्साहित गरेको तोर्न्यासले बताएकी छिन।

डेनमार्कको विदेश मन्त्रालयले अब ७५ मिलियन क्रोनर (झन्डै ११ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब १६ करोड रुपैयाँ) बराबरको रकम सहायता कोषका लागि उपलब्ध गराउने र युरोपियन युनियन भित्रका अन्य देशहरुलाई पनि सोहि अनुरुप गर्न प्रस्ताव गर्ने घोषणा गरेको स्थानीय समाचार माध्यमले जनाएका छन्। यस अभियानमा स्वीडेन, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, फिनल्याण्ड, बेल्जियम र बेलायत साथ दिन तत्पर देखिएका जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले वार्षिक झन्डै २२ मिलियन महिलाहरुले असुरक्षित गर्भपतन गराउने र अधिकांश अविकशित तथा विकासोन्मुख मुलुकका महिलाहरुले त्यसो गर्ने बताउंदै ट्रम्प प्रशासनको निर्णय तिनीहरुका लागि घातक भएको देखाएको थियो।

मेरी स्टोप्स इन्टर्नेशनल (एमएसआइ) नामक गैर सरकारी संस्थाले जनाए अनुसार सो निर्णयबाट सन् २०१७ देखि २०२० सम्ममा साँढे ६ मिलियन महिलाले अवान्छित गर्भधारण गर्ने, २ दशमलब २ मिलियन गर्भपतनमध्ये २ दशमलब १ मिलियनले असुरक्षित गर्भपतन गराउने तथा २१ हजार ७ सय मातृमृत्युको अनुमान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी