February 17, 2018

अमेरिकामा बढ्दैछ बन्दुके संस्कार ! जनसंख्या भन्दा बढी हतियार !

अमेरिकाको ५० मध्य ४२ राज्यमा बन्दुक बोकेर हिँड्न रोकावट छैन ।

अमेरिकामा गोली प्रहारबाट मृत्यु भएको घटनाको डरलाग्दो तथ्याङ्क छ । सन् १९६८ देखि २०११ को बीचमा अमेरिकामा करिब १५ लाख मानिसहरुको गोली प्रहारबाट ज्यान गइसकेको छ ।तर, यो घटनाले एकपटक फेरि अमेरिकामा बढिरहेको गोलीकाण्डको विषयमा बहस गराएको छ । तथापि, अमेरिकामा अन्धाधुन्ध गोली प्रहार गर्ने विकृति केही दशकको मात्रै होइन, यो एक सय वर्ष पुरानो हो ।

सन् २०१५ मा मात्रै पनि १३ हजार भन्दा बढी मानिसहरुको गोली प्रहारका कारण ज्यान गइसकेको छ ।

डरलाग्दो तथ्याङ्क

पछिल्लो समय अमेरिकामा सार्वजनिक भएका सबै तथ्याङ्क आश्चर्यजनक छन् । अन्धाधुन्ध गोली प्रहारबाट सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका युवा शिकार भएका छन् ।

अमेरिकामा भएका गोलकाण्डका घटना मध्येमा ९२ प्रतिशत यो उमेर समुहका युवा शिकार भएको तथ्याङ्कले देखाउँछ । त्यस प्रकारको घटनामा शिकार बन्नेमा ९० प्रतिशत महिला छन् ।

आश्यचर्यजनक कुरा त यो छ कि वर्षौंदेखि अमेरिकामा मानिसहरु अन्धाधुन्ध गोली प्रकारको शिकार भइरहँदा यस्तो कार्यलाई रोक्नका लागि आजसम्म पनि कुनै ठोस कानुन बनेको छैन ।

तथापि, बालबालिकाको हातमा हतियार रोक्नका लागि आवाजहरु नउठेका भने होइनन् । यस्तो आवाजले अमेरिकाको सिनेटमा पनि स्थान पाएको छ । तर, ठोस निर्णय भएको छैन ।

कुन जनसंख्याभन्दा हतियार बढी !

तथ्याङ्क यो पनि बताउँछ कि सन् २००९ मा अमेरिकामा ३ लाख १० हजार हतियार थिए । जसमध्ये १ लाख १४ हजार ह्याण्ड गन, १ लाख १० हजार राइफल र ८६ हजार वटा सटगन थिए ।

यो संख्यामा सेना र सुरक्षाकर्मीलाई दिइने हतियारको संख्या जोडिएको छैन । अर्को आश्यर्च चकित बनाउने कुरा त के छ भने यो वर्ष अमेरिकाको कुल जनसंख्याभन्दा त्यहाँ रहेको हतियारको संख्या बढी थियो ।

भ्यालेन्टाइन डेको दिन हत्याकाण्ड

अमेरिकामा बन्दुक संस्कृतिको कुरा गर्दा सबैभन्दा पहिले सन् १९२९ फेब्रुअरी १४ तारिकमा गोलीकाण्ड मच्चिएको थियो । जसमा ७ जनाको मृत्यु भएको थियो ।

तथापि, यो दुई अपराधीबीच भएको झगडाको नतिजा थियो । तर, त्यसपछि गोलीकाण्डका घटनाहरु निरन्तर बढ्दै गयो ।

तथ्याङ्कहरु भन्छन्– प्रत्येक वर्ष अमेरिकामा ज्यान गुमाउने एक हजार व्यक्ति मध्ये १० जनाको गोली प्रहारबाट मृत्यु हुने गरेको छ ।

तपाईंलाई थाहा होला कि अमेरिकाका राष्ट्रपति पनि यो प्रकरणबाट अछुतो छैनन् । अहिलेसम्म करिब ११ पटक अमेरिकी राष्ट्रपतिलाई हत्या गर्ने कोशिश भएको छ ।

यसको प्रमुख कारण भनेको अमेरिकामा हतियार लिएर सहजै घुम्न पाउनु हो । वास्तवमा, अमेरिकाको ५० वटा राज्य मध्ये ४२ राज्यमा बन्दुक बोकेर हिँड्न कुनै रोकावट छैन । तर, त्यसका लागि अनुमति लिनु पर्छ । त्यहाँको ८ राज्य यस्ता पनि छन्, जहाँ हतियार लिएर घुम्न अनुमति लिनु समेत आवश्यक छैन ।

गन कल्चर ?

 

 

अमेरिकामा हुने गोलीकाण्डहरुलाई अहिले गनकल्चर भनिने गरिएको छ । यो शब्दको प्रयोग पहिलोपटक सन् १९७० मा इतिहासविद् रिकार्ड हाफस्टेरडेटरले गरेका थिए ।

सन् १९८२ सालदेखि लिएर सन् २०११ सम्ममा यस्ता खाल्का हत्या करिब २ सय दिनको फरकमा भएका छन् । त्यसपछि गन कल्चरको संख्या बढेको देखिन्छ । हरेक ६० दिनको अन्तरमा गन कल्चरको घटना सार्वजनिक भएका छन् ।

यूएस टुडेले उल्लेख गरे अनुसार सन् २०१४ मा दुई हप्तामा एक दिन गनकल्चरको घटना सार्वजनिक भएको थियो । यसको अर्थ हरेक दुई हत्यापछि गोलीकाण्ड मच्चिरहेको थियो ।

अमेरिकामा भएका केही चर्चित गोलीकाण्डः

– सन् २०१७ लसभेगासमा भइरहेको एक कार्यक्रमका क्रममा गोली चल्दा ५९ जनाको मृत्यु भयो ।

– यो वर्ष सदरल्याण्ड स्प्रीङ चर्चमा भएको गोलीकाण्डमा २७ जनाको मृत्यु भयो ।

– सन् २०१६ मा ओरल्यान्डो नाइट क्लबमा भएको अन्धाधुन्ध गोली प्रहारमा ५० जनाको मृत्यु भयो ।

– सन् २०१५ मा सेन बरनार्डिनोमा १६ जनाको मृत्यु भयो । त्यसैवेला अङ्पका कलेजमा पनि सोही प्रकृतिको घटना भयो । जसमा १० जनाको मृत्यु भयो ।

– सन् २०१३ मा वासिङ्टनको नेवी यार्डमा भएको फाइरिङको क्रममा १३ जनाको मृत्यु भएको थियो ।

– सन् २०१२ मा औरुरामा भएको फाइरिङमा १२ जनाले ज्यान गुमाउनु पर्याे ।

– यही वर्ष सेन्डी हुक एलिमेन्ट्रीमा भएको गोलीकाण्डमा २८ जनाको मृत्यु भएको थियो ।

– सन् २००९ मा बिङ्घेमटनमा गोली चल्दा १४ जनाले ज्यान गुमाए ।

माथिका सबै घटनामा गोली चलाउने व्यक्ति स्वयंको पनि मृत्यु भएको थियो ।

(एजेन्सीको सहयोगमा)

साभार: अनलाइन डटकमबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित