अब करोडौँ सरकारी खर्चमा विदेशमा उपचार गराउने प्रवृत्ति अब बन्द हुने भएको छ। संसदले शुक्रबार विदेशमा गरिने उपचार खर्च सरकारले नबेहोर्ने प्रावधानसहितको जनस्वास्थ्य विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नब्यहोर्ने प्रावधान राखिएको छ।अब संसदले प्रस्तावित ऐन पारित गरेपछि प्रचलित कानुनमा अन्यत्र जेसुकै भएपनि सरकारले विदेशमा उपचार गर्न रकम उपलब्ध गराउने छैन। राज्यले विशिष्ट वा अरु कुनै नाममा गरेको विभेद अन्त्य हुनेछ भने निति निर्माता र शासन संचालन गर्नेहरूले सरकारी कोष दुरुपयोग गरेर विदेश उपचार गर्न जाने कुरा अन्त्य हुनेछ। स्वदेशी स्वास्थ्य संस्थाको गुणस्तर वृद्धि हुनेछ।
नेपालको संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखिएपछि त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकारले नयाँ कानुन निर्माण गरेको हो । शुक्रबार संसदबाट सर्वसम्मतिले पारित भएको यो ऐन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने भएको छ।
संसदबाट पारित भएको जनस्वास्थ्य विधेयकमा प्रष्टसँग कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च नब्यहोर्ने उल्लेख गरिएको छ । यो विधेयकमा ‘प्रचलित कानुनमा जे कुरा लेखिए पनि कुनै व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट व्यहोर्ने छैन,’भन्ने उल्लेख गरिएको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत