अब यसरी चुनिन्छन् नयाँ प्रधानमन्त्री

Prime-minister-chair

काठमाडौँ, ११ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ ।

उनले प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

नेपालको संविधानको ‘सङ्क्रमणकालीन व्यवस्था’ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था उल्लेख छ । धारा २९८ (मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था) को उपधारा २ मा ‘व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।

उपधारा ३ मा बहुमतीय प्रक्रियाबारे उल्लेख छ । ‘उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने’ उल्लेख छ । तर यसमा समयका बारेमा भने कुनै उल्लेख छैन ।

धारा २९८ को उपधारा १० मा ‘उपधारा ८ बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरी रहने’ उल्लेख छ ।

त्यस्तै व्यवस्थापिका–संसद् नियमावली, २०७३ को परिच्छेद ९ नियम ४९ मा प्रधानमन्त्रीको निर्वाचनको प्रक्रियाका बारेमा उल्लेख छ । प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुनेछ । सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । संसद सचिवालय सूचना शाखा प्रमुख सुर्दशन कुइँकेलका अनुसार राष्ट्रपतिबाट प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया अघि बढाउनेसम्बन्धी पत्र प्राप्त भएपछि सो प्रक्रिया अधि बढने छ ।

तर सहमतिको कुनै सम्भावना नदेखिएकाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको समझदारीअनुसार अब बन्ने प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले काँग्रेससँग भएको भद्र सहमतिअनुसार काँग्रेस सभापति देउवालाई सत्ताको नेतृत्व हस्तान्तरण गर्न मार्ग प्रशस्त गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।