अब बामपन्थी आँधी आउँछ, नयाँ शक्तिका पार्टीका अध्यक्षबाहेक सबै एमालेमा : ओली

 oli_prachanda_GOuN02AGeh

कात्तिक २९, २०७४ , गोरखा, पालुङटारमा   वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै  ओली र प्रचण्डले अब वामपन्थी आँधी आउने र त्यो आँधीले कांग्रेसलाई बढार्ने दाबी गरे ।   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस उल्टो बाटोमा हिँडेको आरोप लगाए । ‘कांग्रेस म चुनाव लडेको ठाउँ (चितवन)मा हलो बोकेर हिँडेको छ । यहाँ के–के चिन्ह बोकेको छ’,  गोरखा क्षेत्रनम्बर २ का  उम्मेदवार बाबुराम भट्टराईको चुनाव चिन्ह आँखाको नामै नलिइकन प्रचण्डले भने, ‘  हलो र के–के चिन्ह बोकेर उल्टो बाटो नहिँड्नु  । बरु रुखमै प्रतिस्पर्धा गरौं, हामी त्यसका लागि तयार छौं।’ प्रतिक्रियावादीसँग साँठगाठ  गरेर  गोरखालीसँग भोट माग्ने नैतिक आधार कसले दियो ?’

   ओलीले  मंसिर १० र २१ गते बामपन्थी आँधी आउने भन्दै त्यो तुफानले  कांग्रेसलाई  बढार्ने उद्घोष  गरे ।  उनले भट्टराईलाई लक्षित गर्दै  देश अगाडि बढाउने प्रयाससँग   टकराव गरेर कोहि यसलाई रोक्न खोज्छ भने त्यो बबुरामात्रै हुने टिप्पणी गरे । 
नयाँ शक्तिका नेता कार्यकर्ता जति एमालेमा प्रवेश गरिसकेको दाबी गर्दै ओलीले भने, ‘नयाँ शक्तिका पार्टीका अध्यक्षबाहेक सबैलाई मैले एमालेमा समावेश गरिसकेँ । बाँकी केहि छैन ।’ सोहि कार्यक्रममा   नयाँ शक्तिका  अन्तराष्ट्रिय विभाग प्रमुख इन्द्र भट्टराई वाम गठबन्धनमा प्रवेश गरेका थिए । 
ओलीले  भट्टराईप्रति लक्षित गर्दै अगाडि भने, ‘  बबुरा अध्यक्ष लिएर कांग्रेसले  प्रजातन्त्र जोगाउँछ रे ! कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन ।’
उनले अब कम्युनिष्ट सरकार आउँछ भनेर कांग्रेसले ठीक बुझेको भन्दै ओलीले  भने, ‘बुढोरुख ढल्यो । शेरबहादुर देउवा कांग्रेस पार्टीका अन्तिम प्रधानमन्त्री हुन् । त्यो पनि पुस अन्तिम सम्म ।’
 उनले  अब बृद्धभत्ता ५ हजार पुर्याउने भन्दै   घरघरमा पुगेर बृद्धबृद्धालाई कम्युनिष्ट सरकारले  ५ हजार खनखनी गनेर दिने समेत दाबी  गरे । उनले अगाडि भने, ‘ यो सुनेर कांग्रेस छट्टपटाउलान् तर कार्यकर्ता पर्दैन । ’
। उनले कांग्रेसप्रति कटाक्ष गर्दै भने, ‘पहिले चुनावमा स्याउला बोक्नु हुन्थ्यो  । अब आफ्नै आँखा निकाल्न भएन  के भनेर प्रचार गर्नुहुन्छ ?’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू