February 27, 2018

 अब नेपालमा इन्ट्रान्स पास गरे मात्र विदेशमा डाक्टर पढ्न पाइने

 

फागुन १५,चिकित्सा शिक्षामा पोस्ट ग्य्राजुएट र ग्य्राजुएट तहको अध्ययनका लागि  नेपालमा प्रवेश परीक्षा (इन्ट्रान्स) पास गरेका विद्यार्थी मात्र विदेश जान पाउने भएका छन्। पैसाको बलमा कमजोर विद्यार्थी विदेश गएर चिकित्सा शिक्षा आर्जन गर्ने तर चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा फेल हुन थालेपछि मेडिकल काउन्सिलले नयाँ नियम लागू गरेको छ। पोस्ट ग्य्राजुएट तहका लागि यही फागुनदेखि नयाँ नियम लागू गरिएको हो।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले भने, ‘इन्ट्रास पास नगरी विदेशमा चिकित्सा शिक्षा पढ्न जान पाइँदैन भनेर रोक लगाएका छौं।’ एमबीबीएस र बीडीएसमा विदेशमा अध्ययन गर्नका २०१६ फेबु्रअरीदेखि यो नियम लागू गरिएको थियो।
काउन्सिलले वर्षको तीनपटक एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिने गरेको छ। जसमा झन्डै १२ सय विद्यार्थी सहभागी हुँदै आएका छन्। यसमध्ये विदेशबाट पढेर आएका झन्डै ९० प्रतिशत फेल हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा