अब एसएमएसबाटै प्रसूति सेवा

जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ ।

baby_birth

केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन् । जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उनले बताइन् । गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताइन् ।

पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताइन् । पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताइन् ।

सुरक्षित सुत्केरी सेवा लिने बढे

बैतडीमा सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । यहाँका धेरै महिलाले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । पहिलेपहिले घरमै सुत्केरी हुने महिला आजभोलि सुत्केरी हुन स्वास्थ्य संस्थामै पुग्ने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुन्छन् भन्ने नागरिकमा चेतनाको विस्तार हुँदा महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन पुग्ने गरेका छन् ।

सरकारले स्वास्थ्य संस्थामा गर्भवती आमाले स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक जाँच गराउँदा रु ८०० र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा रु दुई हजार भत्ता दिने भएकाले पनि सुरक्षित सुत्केरी सेवा लिन स्वास्थ्य संस्था पुग्ने महिलाको सङ्ख्या बढेको देहीमाडौँ स्वास्थ्यचौकीकी अनमी बोहराले बताइन् । साउन महीनाबाट अहिलेसम्म २८ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् ।

यस्तै पछिल्लो समय केही कारणवश घरमै सुत्केरी भइहाले पनि सुत्केरी आमा स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । सुत्केरी भएको २४ घण्टामा स्वास्थ्य संस्थामा पुगेपछि पनि सुत्केरी आमाले सुत्केरी भत्ता पाउने गरेका छन् । साथै बोहोराले आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेमा जोड दिइएको बताइन् ।

गर्भवतीको तथ्याङ्क मोबाइलबाटै

मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाका लागि सजिलो भएको छ । संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्यामा वृद्धि नभए पनि मोबाइलबाटै नाम दर्ता गराउनेको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलबाटै दर्ता गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८३१ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको र स्थानीय तहले उनीहरुको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ ।

स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम दर्ता गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा नाम दर्ता हुने र गर्भवती महिलालाई ४, ६, ८ र ९ महीनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले जानकारी दिइन् ।

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिइन् । मोबाइलमार्फत एसएमएस जान थालेपछि पहिला स्वास्थ्य संस्थामा नआउने पनि गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि