March 11, 2018

अब एसईईमा दुईथरि प्रश्न सोध्ने तयारी  ?

यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ।

गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक नपुगेका पुराना विद्यार्थी (एक्जाम्टेड) लाई पुरानै पाठ्क्रमअनुसार नै प्रश्न सोध्न लागिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए।

रेग्मीका अनुसार गत वर्षको परीक्षामा जीपीएमा १ दशमलव ६ भन्दा थोरै स्कोर आएका अधिकांश विद्यार्थी एक्जाम्टेड समूहमा सहभागी हुँदैछन्। त्यसबाहेक कुनै विषयमा उच्च ग्रेड ल्याए पनि कुनै विषयमा न्यूनतम प्राप्तांक पनि ल्याउन नसकेका विद्यार्थीसमेत यो समूहबाट परीक्षामा सहभागी हुँदैछन्।

परीक्षा चैत ८ देखि २० गतेसम्म सञ्चालन हुँदैछ। गत वर्ष एसईई चैत ३ देखि १४ गतेसम्म भएको थियो। परीक्षा नियन्त्रक रेग्मीका अनुसार यस पटक नियमित र एक्जाम्टेड समूहबाट गरी कुल ४ लाख ८७ हजार परीक्षार्थी सहभागी हुँदैछन्। गत वर्ष एसईईमा ५ लाख ३८ हजार परीक्षार्थी थिए।

कक्षा १० को पाठ्यक्रम परिवर्तन भएसँगै प्राक्टिकल गर्नुपर्ने विषय पनि थपिएका छन्। रेग्मीका अनुसार अनिवार्य ६ वटा विषयमध्ये ५ वटामा प्राक्टिकल हुनेछ। ऐच्छिक विषयमा पनि प्राक्टिकल हुन्छ। नेपालीमा पनि कुल सय पूर्णांकमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्राक्टिकल हुनेछ। ‘अब गणितमा मात्र प्राक्टिकल हुँदैन’।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल