January 22, 2017

अबको निर्वाचनमा नयाँ शक्ति पहिलो पार्टी बन्छ : देवेन्द्र पौडेल

संवृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्प नभएको भनाइ – devendra

बाग्लुङ, माघ ८ – नयां शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशको समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय प्रणाली अपरिहार्य भएको बताएका छन् ।

जिल्लाको नयां शक्ति पार्टी नेपाल, अमलाचौर गाउं परिषद्ले आयोजना गरेको वनभोज तथा भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले शनिबार यस्तो बताएका हुन् । ६/७ महिनामा परिवर्तन हुने सरकारले देशको विकासको लागि कुनै काम गर्न नसक्ने भएकाले अब जनतालाई नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चुन्ने अवसर दिनुपर्ने तर्क नेता पौडेलको छ । उनले अब आउने निर्वाचनमा नयां शक्ति पार्टी नेपाल पहिलो पाटी हुने दावी समेत गरे ।

े नयां शक्ति पाटीले माघ महिना भरि संचालन गर्ने ‘घर घरमा नयां शक्ति’ अभियान अन्र्तगत जनदवावको लागि १० लाख हस्ताक्षर संकलन गर्न सुरु गरेको पौडेलको भनाई थियो । पौडेलले आफ्नो पाटीको यो अभियानले देशमा राजनैतिक स्थिरता हासिल हुने र आर्थिक समृद्धि तर्फ मुलुक अघि बढ्ने दावी गरे । उनले यसका लागि जनताको साथ अहिलेको आवश्यकता भएको भन्दै सहयोगका लागि अपिल गरे । ‘ नेपालमा भएका १८१ राजनैतिक पाटीको राजनैतिक औचित्य सकियको छ,’ नेता पौडेलले भने, ‘ अब देशलाई आर्थिक समृद्धि तर्फ लैजान नयां सोच, नयां विचार र नयां योजना भएको वैकल्पिक राजनितिक पार्टी नयां शक्ति नेपाल आएको छ । यसलाई सबै जनताले साथ दिनुहुनेछ भन्ने हामे विश्वास छ ।’

कार्यक्रममा नयां शक्ति पार्टी नेपाल ४ नं प्रदेशका संयोजक वलावति शर्माले नयां शक्ति पार्टीले सवैको मनोभाव वुझेर समान प्रतिनिधित्व र समावेशी सिद्धान्त अनुरुप संगठन निर्माण गरेको बताइन् । नयां शक्ति देशको वैकल्पिक धार भएकाले अव महिला दलित जनजाति पिछडिएको वर्ग सवै यसमा आवद्ध भएर जानु पर्ने शर्माको भनाई थियो ।
कार्यक्रममा नयां शक्ति पार्टी नेपालका बागलुङ जिल्ला संयोजक चित्र सापकोटा, जिल्ला परिषद् सदस्य भिमनाथ शर्मालगायतले आफ्नो भनाइ राखेका थिए । वनभोज कार्यक्रममा अमलाचौर, पैयुपाटा नारायणस्थान र बागलुङ नगरपालीकाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा