अफगानिस्तान प्रिमियर लिग : पहिलो खेलमै ‘सन्दिप’ले लिए दुई विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको डेब्यु खेलमा दुई विकेट लिएका छन् । एपीएल टिम नगरहर लिओपार्डसमा रहेका सन्दीपले आइतबार राति पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रदै एपीएलमा डेब्यु गरेका हुन् । टस जितेर पहिले ब्याटिंग गर्दै नगरहरले १२६ रन मात्रै बनाउन सकेपछि १२७ रनको लक्ष्य पक्तिया प्यान्थर्सले १४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। प्यान्थर्सको जितमा कप्तान मोहम्मद शहजादले आक्रामक ब्याटिंग गर्दै ४३ बलमा ८ छक्का र ४ चौका मदतले अविजित ७८ रन बनाए।

टिमको लागि पहिलो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भएका थिए। उक्त ओभरको दोश्रो र तेश्रो बलमा चौका तथा अन्तिम बलमा इन्सानउल्लाहले छक्का प्रहार गरेपछि सन्दिपले १८ रन खर्चेका थिए। त्यसपछि आठौँ ओभरमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले राम्रो कमब्याक गर्दै मात्र १ रन खर्चे।

टिमको लागि पहिलो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भएका थिए। उक्त ओभरको दोश्रो र तेश्रो बलमा चौका तथा अन्तिम बलमा इन्सानउल्लाहले छक्का प्रहार गरेपछि सन्दिपले १८ रन खर्चेका थिए। त्यसपछि आठौँ ओभरमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले राम्रो कमब्याक गर्दै मात्र १ रन खर्चे। सन्दीपले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । तर, सन्दीपले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । उक्त खेलमा सन्दीपको टिम ७ विकेटले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति