अप्रेशनपछि बिरामीको मृत्यु भएपछि नेशनल सिटी अस्पतालमा तनाव

चितवनको भरतपुरस्थित नेशनल सिटी अस्पतालमा पत्थरीको अप्रेशनपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएका छन् ।1890139763national-hospitalचिकित्सकको कमजोरीका कारण गुल्मीका ७० वर्षीय होमलाल भण्डारीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । भण्डारीको डा निर्मल लामिछानेले अप्रेशन गरेका थिए । उनी भरतपुरको बीपी मेमोरियल क्यान्सर अस्पतालमा समेत कार्यरत चिकित्सक हुन् ।

शुक्रबार अस्पतालमा भर्ना भएका भण्डारीको शनिबार राति अप्रेशन भएको थियो । अप्रेशनलगत्तै बिरामीलाई आईसीयूमा राखिएको थियो ।

अप्रेशनपश्चात् बिरामी होसमा नआई मृत्यु भएपछि चिकित्सकले लापर्बाही गरेको भन्दै आफन्त आक्रोशित भएका थिए । बिरामीका परिवार र आफन्त आक्रोशित भएपछि अस्पताल प्रशासनले आर्थिक प्रलोभन देखाएर घटनालाई गुपचुप पारेको हो ।

अस्पतालसँग सहमति भएपछि आफन्तले शव बुझेका छन् । पीडित परिवारलाई ६ लाख रुपैयाँ दिने प्रलोभनमा घटना गुपचुप राखिएको बिरामीका एक आफन्तले जानकारी दिएका छन् ।

यस विषयमा अस्पतालका म्यानेजर विक्रम अधिकारीले अस्पतालको कमजोरी ढाकछोप गर्दै प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेका कारण बिरामीका आफन्तसँग सहमति भएको खुलासा गरे ।

उनले बिरामीको मृत्यु हुुनुमा अस्पतालको कुनै दोष नरहेको दाबी गर्दै बिरामीको उपचारमा लागेको खर्च मिनाहा गर्ने सहमति भएको बताए । तर, उनले आर्थिक क्षतिपूर्तिको विषयमा भने खुलाउन चाहेनन् ।

मृतकका एक आफन्तले अस्पतालसँग कुरा मिलिसकेकोले मिडियामा नल्याइदिन आग्रह गरे । उनले भने “अस्पतालसँग कुरा भएको छ । सबै खर्च र केही क्षतिपूर्ति दिने सहमति पनि भएको छ ।” उनले कति रकममा सहमति भएको भन्ने विषयमा भने खुलाउन चाहेनन् ।

उपचारमा संलग्न अस्पतालका एमडीसमेत रहेका डा. निर्मल लामिछानेसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।

चितवनका विभिन्न अस्पतालमा चिकित्सक र अस्पतालको लापरबाहीले बिरामीको मृत्यु हुने गरे पनि आर्थिक प्रलोभनमा घटनालाई गुपचुप राख्ने प्रवृत्ति बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी