अपराजित युभेन्टसले मिलानलाई हरायो

 कात्र्तिक २६ : इटालियन सिरी ए अन्तर्गत अाइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।

फरवार्ड मारियो मान्जुकिचले अाठौं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै दवाव कायम गरे । पहिलो हाफमा थप अवसर पाएपनि युभेन्टसले अग्रता बढाउन सफल भएन ।

मिलानले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि फरवार्ड गोन्जालो हिगुअाइन त्यसमा सफल भएनन् । मिलानले पाएको पेनाल्टीमा हिगुअाइनको प्रहार गोलरक्षक वजचिएक सेचेज्नीले बचाए । खेलको अन्तिम समयमा युभेले अग्रता दोब्बर पार्यो । क्रिस्टियानो रोनाल्डोले ८३ अौं मिनेटमा गोल गर्दै युभेन्टसको जित पक्का गरे ।

रोनाल्डोले गोल गरेको केहि बेरमै हिगुअाइन लगातार पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए । डिफेन्डर मेधि बेनाटियालाई फल गरेपछि उनले पहिलो कार्ड पाए । तर रिसको झोंकमा राफ्रिको मुखै अगाडि कराएपछि उनले दोस्रो कार्ड पनि पाए ।

यस जितसँगै युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता कायम राख्न सफल भएको छ । पछिल्लो ६ सिजन लगातार लिग जितेको युभेलाई नेपोलीले पछ्याइरहेको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति