आगो नियन्त्रणकै लागि विभिन्न ठाउँबाट पाँचवटा दमकल घटनास्थलमा पुगेका छन् । स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रण सम्भव नभएको स्थानीय कविता बस्नेतले बताइन । बस्नेतका अनुसार आगो नियन्त्रण हुन नसकेपछि र अन्य घर समेतमा सल्किने सम्भावना बढेपछि छेउमा रहेको एउटा घर भत्काइएको छ । उनले दिउँसोको समयमा एक्कासि घुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाले हेर्दा आगो लागेको थाहा भएको बताइन ।
आगोले अधिकारीको घर पूर्ण रुपमा ध्वस्त भइसकेको छ । अन्य घरतर्फ सल्किने क्रममा रहेको आगो नियन्त्रणको प्रयास भने जारी राखिएको प्रहरीले जनाएको छ । ताला लागेको र कोही पनि मानिस नभएको अवस्थामा रहेको घरबाट आगो सुरु भएकाले त्यसको कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार काठले बनाइएको र कर्कटपाताले छाएको घरमा आगो लागेको हो । आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड, र इटहरीबाट आएका दमकललाई झण्डै एकघण्टा लागेको थियो । आगलागीबाट लाखौको क्षति भएको प्रहरीले जनाएको छ ।