अन्तिम खेलमा नेपाल युएईसँग ६३ रनले पराजित 

 

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणको खेल खेल्न युएई पुगेको नेपाली टोलि शुक्रबार भएको अन्तिम खेलमा घरेलु टोलिसँग ६३ रनले पराजित भएको हो । 
शेख जायद क्रिकेट रंगशालामा युएईले दिएको १९६ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४२ ओभर २ बलमा अलआउट हुँदै १३२ रनमा समेटियो । बुधबार भएको पहिलो खेलमा पनि नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो ।
युएईले दिएको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै विनोद भण्डारीले २५,  सागर पुन २१, आरिफ शेख १४ र  शरद भेषवाकर १३ रनमा आउट हुँदा कप्तान पारस खड्का १० रनमा आउट भए । युएईका अम्जाद जाभादले ३ तथा मोहमद नाभिद,रोहन मुस्ताफा र इमरान हेइदरले समान २ – २ विकेट लिए ।
यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४९ ओभर २ बलमा अलआउट हुँदै १९५ रन बनाएको थियो । युएईका लागि युएईका एड्नन मुफ्ति शतक प्रहार गर्दै १०४ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । 
युएईका लागि मोहमत बोटाले ३७ र अहमद राजाले १० रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । त्यस्तै, नेपालका लागि कप्तान पारस खड्का, सन्दिप लामिछाने, सागर पुन र ललित भण्डारीले समान १–१ विकेट लिए ।
योसँगै नेपालले च्याम्पियनसिपको सातौं स्थानमा रहेर सकाएको छ । च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी भने शिर्ष चारमा रहदै विश्वकप छनोटमा प्रवेश गरेका छन् । 
विश्वकप छनोट र डिभिजन २ मा घटुवा भएको नेपालले १४ खेलबाट ९ अंक जोड्यो । नेपालमाथि दुवै खेल जितेको युएई भने १० अंकसहित छैटौं स्थानमा रह्यो ।  अब नेपालले आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता खेल्ने छ ।  
नामिवियामा हुने डिभिजन २ मा  नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्ने छन् । डिभिजन २ मा शीर्ष दुईमा रहने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति