June 29, 2020

अन्तर्राष्ट्रिय निकायलाई सलह बथानमाथि निगरानी गर्न गुहार्ने निर्णय

 असार १५,काठमाडौं – सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ ।

विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । ‘भारतको राजस्थानमा अझै ठूलो बथान देखिँदैछ’, मन्त्री भुसालले भने, ‘हामीले नेपालमा नियन्त्रण गरे पनि फेरी उताबाट सर्न सक्ने जोखिम छ ।

त्यही भएर उताको अवस्थामाथि निगरानी राखेर नेपालमा प्रकोप नियन्त्रण गर्ने सवालमा एफएओ र भारतको कृषि मन्त्रालयलाई गुहारेर सहकार्य गर्ने निष्कर्ष निकालेका छौं ।’ उनका अनुसार एफएओ र भारतको कृषि मन्त्रालयको सहकार्यमा यो फट्यांग्राको विषयमा रुट ट्रयाकिङ गरिनेछ । त्यसकै आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न आवश्यक उपाय परिचालन गरिने भएको छ । 

बैठकमा गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, विज्ञ, वैज्ञानिकलगायत सहभागी थिए । मन्त्रालयले नेपालमा देखापरेको सलहको बथान निकै सानो रहेकाले यसले ठूलो परिमाणमा क्षति पु¥याउन नसक्ने दाबी गरेको छ । य

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी