स्याङजा – नेपाली कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट भएको छ । चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको हो । सोमबार स्यङ्जा कांग्रेसले क्षेत्र नम्बर २ स्तरीय बैठक बोलाएको थियो ।चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपपछि रामचन्द्र पौडेल पक्षका तीनजना कार्यकर्ताहरु घाइते भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफुहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ । झडपमा पौडेल पक्षका भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । झडपमा ढकाल र अर्याल गम्भीर घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
बैठकमा प्रदेश चुनाव लडेका नेविसंघका पूर्व नेता विष्णु पौडेलको समुहले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएको छ । पौडेल प्रदेशसभा चुनावमा पराजित भएका थिए भने सोही जिल्लाबाट कांग्रेस नेता गोपालमान श्रेष्ठ निर्वाचनमा पराजित भएका थिए । यद्धपि पार्टी बैठकमा छलफल हुँदा सामान्य हात हालाहाल भएको तर खासै ठूलो घटना नभएको स्याङजा कांग्रेसका नेताहरुले बताएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने