अनुहारको सफा गर्ने तरिका

जेठ २२ : गलत ढंगले अनुहार सफा गर्दा छालासम्बन्धी विभिन्न समस्याको सिकार हुनुपर्ने हुन्छ । अनुहार सफा गर्दा हुने स–साना गल्तीले पनि अनुहारमा ठूलो हानि पुर्‍याउन सक्छ । त्यसका लागि यसो गर्नुस्

अनुहार सफा गर्न बढी तातो र चिसो पानी प्रयोग गर्नु हुँदैन । अत्यधिक तातो पानीले स्किनमा भएको रगत सेल्सलाई असर गर्छ । त्यस्तै, चिसो पानीका कारण मेकअप प्रोडक्टलाई अनुहारले राम्रोसँग ग्रहण गर्न सक्दैन । त्यसैले जहिले पनि अनुहार सफा गर्दा मनतातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

फेसवास?
के तपाईं कुनै सोचविचार नै नगरी फेसवास खरिद गर्नुहुन्छ ? यस्तो हो भने अबदेखि गल्ती नगर्नुहोला । स्किनको प्रकृति र समस्यालाई मध्यनजर गरेर मात्र फेसवास खरिद गर्नुपर्छ । चिल्लो स्किनका लागि सेलिसिलिक एसिड भएको फेसवास प्रयोग गर्नुपर्छ । यदि अनुहारको छाला फुस्रो छ भने मेडिकेटेड क्लिन्जर प्रयोग उत्तम हुन्छ । सेन्सेटिभ स्किन भएकाले भने कुनै मेडिकेटेड माइल्ड क्लिन्जर प्रयोग गर्नुपर्छ । जथाभावी फेसवास वा क्लिन्जर प्रयोग गर्नु घातक बन्न सक्छ ।

मेकअप
तपाईंलाई लाग्न सक्छ, फेसवासले मेकअप पनि सफा गर्छ । यस्तो सोचका कारण तपाईं अनुहारसम्बन्धी कैयौँ समस्याबाट ग्रसित पनि हुन सक्नुहुन्छ । किनभने, मेकअपसँगै अनुहार सफा गर्दा स्किनको पोर्स बन्द हुन पुग्छ । जसका कारण पिम्पल्सजस्ता समस्या निम्तिन सक्छ । त्यसैले मेकअप हटाएर मात्र फेसवास गर्नुपर्छ ।

कीटाणुरहित हात 
धेरैको बानी फोहोर हातमै फेसवास लिने र अनुहारमा दल्ने हुन्छ । तर, यसो गर्दा पनि तपाईंको अनुहारलाई हानि पुग्छ । पहिला हातको फोहोर सफा गरेर मात्र अनुहारमा फेसवास लगाउनुपर्छ । किनभने, फोहोर हातले अनुहारमा फेसवास दल्दा फेसवाससँगै ब्याक्टेरिया पनि अनुहारमा पुग्छ । जसले गर्दा अनुहारमा इन्फेक्सन हुन सक्छ । सम्भव भएको खण्डमा सफा हातलाई कपडाले पुछेर मात्र अनुहारमा फेसवास लगाउनुपर्छ ।

समय दिनुस् 
फेसवास अनुहारमा दल्नेबित्तिकै पानीले सफा गर्नु हुँदैन । फेसवासले राम्रोसँग काम गरोस् भन्ने चाहनुहुन्छ भने एक–दुई मिनेट अनुहारमै फेसवास रहन दिनुपर्छ र मसाज गर्नुपर्छ । तर, अनुहारमा कडा तरिकाले कहिल्यै र गेट्नु हुँदैन ।

ध्यान दिनुस्
तपाईं जतिसुकै व्यस्त किन नहुनुस्, बिहान र बेलुका नियमित अनुहार सफा गर्न जरुरी हुन्छ । यसरी सफा गर्दा क्लिन्जर वा फेसवासको सहायता लिन सक्नुहुन्छ । हप्तामा एकपटक जेन्टल स्क्रबको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले फेस राम्रोसँग सफा त गर्छ नै, पिम्पल्सजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि