अनुहारलाई कसरी आकर्षक बनाउने ? अनुहारमा कसरी चमक ल्याउने ? कसरी नरम बनाउने ? अक्सर धेरैको मनमा उब्जने प्रश्न हो यो ।
हुन पनि झट्ट हेर्दा देखिने भाग हो, अनुहार । अनुहारको सौन्दर्य नै फिका छ भने त्यसले समग्र व्यक्तित्व ओझेल बनाइदिन्छ । अहिलेको जमानामा व्यक्तित्वको पनि उत्तिकै महत्व छ । व्यक्तित्वले नै दोस्रो व्यक्तिलाई प्रभाव पार्न सकिन्छ ।
अब लागौं, सौन्दर्य बढाउने काइदातर्फ । , अनुहारको सौन्दर्य कसरी बढाउने त ? यसका लागि कसैले कस्टेटिक्स प्रयोग गरिरहेका होलान् । कसैले सरसफाईमा ध्यान दिइरहेका होलान् । कतिले सर्जरीको साहारा पनि लिएका होलान् । कतिले स्वस्थ्य खानपान र जीवनशैली अपनाइरहेका होलान् ।
वास्तवमा अनुहारमा निखार ल्याउनका लागि खानपानदेखि उचित हेरचाहसम्म आवश्यक हुन्छ । स्वस्थ्य खानपान, अनुशासित दिनचर्या, सरसफाईले अनुहारमा चमक ल्याउन सकिन्छ । त्यतीमात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुनुपर्छ । मनमा पिडा, कुष्ठा, घृणा जस्ता विकार छ भने, अनुहारको चमक फिका देखिन्छ । त्यसैले स्वस्थ्य जीवनशैलीसँगै मानसिक सुखले पनि सौन्दर्यमा अहंम भूमिका खेल्छ ।
अब सामान्य काइदातर्फ लागौं । अनुहारमा चमक ल्याउन स्वस्थ्य जीवनशैली अपरिहार्य हुन्छ । यसमा खानपानको पनि उत्तिकै भूमिका हुन्छ । कतिपय यस्ता खानेकुरा हुन्छ, जो सौन्दर्यका लागि हितकर मानिन्छ ।
खानाको कुरा
अनुहारमा चमक ल्याउन स्वस्थ राख्न खानपानमा ध्यान पुर्याउनु पर्छ । व्यक्तिको खानपानले उसको अनुहारमात्र हैन, उसको सम्पूर्ण स्वास्थ्यलाई नै स्वस्थ राख्छ । यसको लागि एन्टीअक्सिडेन्ट, विटामिनयुक्त आहार प्रोटिन लगायतका अन्य पोषणतत्वको सेवन गर्न पनि निकै जरुरी छ । जुन यस प्रकार छः
डार्क चकलेट
डार्क चमलेट छालाको लागि राम्रो मानिन्छ । डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्ट तत्वले छाला सुख्खा हुन पाउदैन । साथै सुर्यको विकिरणबाट समेत छालालाई जोगाउँछ ।
गाजर
गाजरमा भरपूर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले अनुहारको चमक बढाउँछ र अनुहार आर्कषक देखाउँछ । यसलेे छालामा बाहिरी पत्रमा रहेको कोषिकालाई पोषणतत्व प्रदान गर्दछ ।
बदाम
बदाममा भिटामिन ‘ई’ भरपूर मात्रामा पाइन्छ, जसले एन्टीअक्सिडेन्ट तत्व सरह नै काम गर्छ । यसे छालालाई सुर्यको विकिरणकोबाट बचाएर छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
ग्रिन टी
गि्रन टीको अनेकौ फाइदाहरु छन् । त्यसमध्यको प्रमुख भनेको ग्रीन टीले छालामा क्यान्सर हुनबाट जोगाउँछ । ग्रीन टीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट रहेको हुन्छ । जसले छालालाई आर्कषक देखाउन तथा अनुहारमा चमक ल्याउन मद्दत गर्छ । यसको प्रयोग फेशियल, स्क्रबिङ्ग, स्टीमद्धारा पनि गर्न सकिन्छ ।
अन्य टिप्स
प्रशस्त मात्रामा पानी पिउने । धुमपान तथा मदिरापानबाट टाढै बस्ने । हरेक दिन विहान प्राणायाम गर्ने । स्वस्थ्यकर तथा पौष्टिक तत्वयुक्त खानेकुराको सेवन गर्ने । अनुहारलाई मोइस्चराईज गर्ने । प्रत्येक पल्ट घरबाट निस्कनु पूर्व अनुहारलाई राम्ररी ढाक्ने। सन्सकि्रम तथा सनग्लासको प्रयोग गर्ने ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि