अनुहारका प्वाल हटाउन अप्नाउनुहोस् यी घरेलु उपाय

अनुहारमा देखिने स-साना प्वाल र छिद्राहरु आज आम समस्या बनिसकेको छ । यी छिद्राहरु अनुहारको सुन्दरताका लागि सधैं अवरोधक बन्छन् । विशेषगरी ओइली स्कीन भएका महिलाहरुमा यो समस्या देखिन्छ । उमेर बढेसँगै यी छिद्राहरु पनि ठूला हुँदै जान्छन् ।

face

यदि तपाईको पनि यहिँ समस्या छ भने यसको हलका लागि तपाईसँग प्रशस्तै घरेलु उपायहरु छन् । त्यस्ता उपायहरुलाई अप्नाएर तपाई यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

केरा, खानका लागि बाहेक अन्य धेरै कामका लागि फाइदाजनक छ । यो छालाका लागि पनि निकै फाइदाजनक छ । यसले छालामा ड्यामेज भएका कोशिकाहरुलाई बनाउने काम गर्छ र छालामा निखार प्रदान गर्छ । हप्तामा दुईपटकसम्म केराको पेस्ट लगाउनु भयो भने यसले ती अनुहारका छिद्राहरुलाई कस्छ र छिद्रा हराउँछ ।

कांक्रा र नींबू पनि छिद्राबाट मुक्त हुनका लागि एकदमै सहयोगी हुन्छ । यसका लागि नींबूको रसमा कांक्राको रस मिलाएर अनुहारमा लगाउनु भयो भने यसले अनुहारका प्वालहरुलाई कसेर हटाउन मद्दत गर्छ ।

दुधसँग खाइने ओट्सले पनि यो समस्याबाट छुटकारा दिन्छ । दुई चम्ची ओट्समा एक चम्ची गुलाबजल र एक चम्ची मह मिलाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्टलाई १० मिनेटसम्म अनुहारमा राख्नुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् तब देख्नुहुनेछ तपाईको अनुहारका प्वाल र सबै किसिमका दागहरुबाट छुटकारा मिलेको ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि