February 11, 2018

“अनुकुल लागेनभने मैले अर्को फड्को हान्दिन सक्छु”, :प्रचण्ड

काठमाडौं, माघ २८ \  चितवनमा आयोजित एउटा कार्यक्रमको भेलालाइ सम्बोधन गर्दै हिजो शनिबार  प्रचण्डले भने, “अनुकुल लागेनभने मैले अर्को फड्को हान्दिन सक्छु; कत्ति बेर लाउँदिन।”

सबैको मनमस्तिष्कमा यो प्रचण्ड अस्थीर छ र जुनसुकै बेलामा जेपनि गर्न सक्छ भन्ने छाप परेको छ। यही कारणले होला, कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थीर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् भन्ने व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले देश हितलाई हेरेर यस्ता फड्को मार्ने गरेको दाबी गरे ।अस्थीर चरित्रको भन्दै धेरै व्यङ्ग नगरिदिन, बरु प्रचण्ड भनेकै अनुकुल नलाग्नासाथ तत्कालै अर्को बाटो पक्रनसक्ने भनेर वुझिदिन पनि उनले आग्रह गरे।आफू अरु नेताहरु भन्दा भिन्न रहेको र फरक हुनुमा गर्व छ भन्दै प्रचण्डले अहिले प्रतिकात्मक बोलेकोलाइ कुनै दिन साँच्चिकै गरिदिने बताए ।

एमालेसँग सत्तामा रहँदा दशैंको नवमीको दिन सी जीन पीङ आउने र उनी फर्कनासाथ सत्ता हस्तान्तरण गर्ने भनि केपी ओलीले राखेको प्रस्तावमा सहमति जनाएका प्रचण्डले सहमति गरेको हप्ताभित्रै नेपाली काङ्ग्रेससँग गठजोड गर्न पुगेका थिए। काङ्ग्रेस गठबन्धनमा रहँदारहँदै एक्कासि एमालेसँग तालमेल गरेर दुनिञालाइ अर्को आश्चर्यमा पारिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने