March 9, 2018

अनशनकारीहरुको स्वास्थ्य नाजुक बन्दै, उपचार गर्न मानेनन्

 
 
 
 
धनगढी, फागुन २५ । कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत २४ जना थुनुवाहरूको स्वाथ्य अवस्था नाजुक बन्दै गएको छ ।
तीनबुँदे माग राखी छ दिनदेखि अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि एकपछि अर्कोलाई उपचारका लागि अस्पताल ल्याउन थालिएको छ ।
शुक्रबार मात्रै कैलाली एक बाट निर्वाचित तथा टिकापुर घटनाका मुख्य अभियुक्तको आरोप लागेका रेशम चौधरी लगायतका नेताहरुलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको हो ।

तर, रेशमले उपचार गर्न भने दिएनन् । माग पुरा नभएर मर्न समेत तयार रहेको भन्दै उनले डाक्टरलाई उपचार गर्न नदिएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लको नेतृत्वको टोलीले कडा सुरक्षाका बिच रेशमलाई अस्पताल पुर्याएको थियो । रेशमको समान्य चेकचाँज गरिएपनि उपचार भने नभएको प्रहरी निरीक्षक मल्लले बताए ।

उनका अनुसार रेशमलाई डाक्टरले स्वाथ्य अवस्था कमजोर बन्दै गएको भन्दै सलाईन चढाउनुपर्ने र नियमित औषधी खानुपर्ने बताएका थिए । तर, रेशमले माग पुरा नभएसम्म केही पनि नखाने अडान राखेपछि उपचार नगरेरै कारागारमा लगेको मल्लले जानकारी दिए ।

रेशमसँगै विश्राम चौधरी लगायतलाई उपचारका लागि कारागारवाट अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।यसअघि फागुन २३ गते कैलाली कारागारबाटै रेशम चौधरीसँगै अनसनमा बसेका थारु नेता लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल पुर्याइएको थियो । त्यसको भोलिपल्ट फागुन २४ गते छिनछिनमा बेहोस हुने लगायत स्वास्थ्य समस्या देखिएपछि थुनुवा विश्राम चौधरीलाई राती अस्पताल पुर्याईएको थियो ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितेको प्रमाणपत्रसँगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।यस्तै, शुक्रबार पनि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको टोली कारागार पुगेको थियो । आयोग धनगढीका दीपक ध्वजजंग कार्कीले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक अधिकार भएकोले राज्य संवेदनशील हुनुपर्ने बताए ।उनीहरूको मागबारे राज्यले सुनुवाई गर्नुपर्ने पनि उनको भनाइ थियो । केहीदिन अघि राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रिय प्रकाश वस्ती लगायतको टोलीले पनि अनसनमा बसेकाको अवस्थाबारे जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ