अदालतको आदेश फेरि पनि टेरेन सरकारले, प्रकाण्डलाई उदयपुर लग्दै

काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले विप्लव समूहको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न सरकारलाई आदेश दिएपनि सरकारले फेरि अटेर गरेको छ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता समेत रहेका विश्वकर्मालाई सर्वोच्च परिषरबाटै शुक्रबार पक्राउ गरिएको हो ।

शुक्रबार नै उनलाई उदयपुर पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वशन्त लामाले बताए ।

उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले उदयपुरमा विश्वकर्माविरुद्ध बम विस्फोट गराएको मुद्दा रहेको बताएका छन् । चुनावको बेला उदयपुरमा बम बिस्फोटमा परी कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित कार्यकर्ता घाइते भएका थिए । विश्वकर्मालाई प्रहरीले त्यहि घटनामा मुद्दा चलाउन लागेको हो ।

प्रकाण्डलाई हालसम्म पाँचवटा जिल्लामा मुद्दा चलाइसकिएको छ । काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न मुद्दामा मुद्दा चलाइएको थियो । अदालतले उनलाई तारेखमा छाड्न आदेश दिँदै आएको छ ।

शुक्रबारनै सर्वोच्च अदालतले विश्वकर्मालाई अदालतका मूख्य रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।

प्रकाण्डलाई सरकार तथा मातहतका पदाधिकारीले गैरकानूनी रुपमा थुनामा राखेको देखिएको र अदालतको आदेश छल्दै पटक–पटक पक्राउ गरिएकाले अदालत संवेदनशील भएको जनाएको छ ।

प्रकाण्डका भाइ विरेन्द्र विश्वकर्माले गैर कानूनी थुनामा राखेका भन्दै थुनाबाट मुक्त गरिपाउँ भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

नेपालको संविधानले प्रत्याभुत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट बन्चित हुन गएको सर्वोच्चको आदेशमा जनाइएको छ ।
‘एउटै व्यक्तिको सन्दखर्भमा पटक पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहि यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन भन्ने आसंका भएको छ । विधिको शासन भएको लोकतान्त्रिक म्ुलुकमा यस्तो कार्य कदापी क्षम्य हुन नसक्ने र यस अदालतले गरेको आदेशको मर्यादा पालनाको लागि नेपालको संविधानको धारा १२८(४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नु पर्ने अवस्था आउन सक्दछ’, आदेशमा भनिएको छ ।

यस्तो अवस्था आउन नदिन राज्यका जिम्मेवार निकायहरु अझ बढि गम्भीर र जिम्मेवार हुनै पर्ने भन्दै आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु असंवेदनशील र गैर जिम्मेवार हुने छुटको लागि यो अदालत मौन रहन नसक्ने तर्फ विपक्षी नेपाल सरकार र सरकार मातहतका निकायहरु र जिम्मेवार पदाधिकारीको ध्यानाकर्षण गराइएको उल्लेख छ ।

प्रकाण्डलाई गैर कानूनी थुनामा राखेको देखिंदा आजै बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहरिएकाले अदालतका मूख्य रजिस्ट्रारको रोहवरमा छाडी सोको निस्सा मिसिल सोमल राख्न संक्षिप्त आदेश जारी गरेको छ । आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकाले संक्षिप्त आदेश जारी गरिएको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने