अटो रिक्सा ट्रकमा ठोक्किँदा ७ जनाको मृत्यु

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा तिर्थयात्री बोकेको अटो रिक्सा ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।

रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरुमा आज बिहान मन्दिर जान लागेका महिला चढेको अटो रिक्सा तिव्र गतिमा रहेको ट्रकसँग ठोक्किएको हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।

घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । मृत्यु हुने सबै महिला हुन् । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार अटो रिक्सामा १३ जना महिला सवार थिए ।

उनीहरु सबैजना प्रशिद्ध भगवान वेनकातेश्वर स्वामीको मन्दिरमा दर्शनका लागि जाँदै गरेका थिए । मृतक सबै अलवाराम गाउँकै स्थानीय बासिन्दा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण