अचम्भित बनाउने पृथ्वीबारे ३० रोचक तथ्यहरु

पृथ्वी हाम्रो घर हो । यही पृथ्वीसँग जोडिएका कयौं यस्ता तथ्यहरु छन्, जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुन पनि सक्छ । आउनुहोस्, यहाँ पृथ्वीबारे जोडिएका तिनै ३० तथ्यहरुबारे जानकारी हासिल गरौं–

पृथ्वीमा सुन कति छ ?gold-on-earth
पृथ्वीमा यति धेरै सुन छ, जसले पृथ्वीको सतहलाई १.५ फिटको गहिराईसम्म ढाक्न सकिन्छ ।
१९ किलोमिटरको ऊचाईमा प्रेसराइज्ड सुट लगाउन जरुरी हुन्छ, नत्र ज्यानै जान सक्छ ।
पृथ्वीमा एकपटक सबैभन्दा विशाल उल्कापिण्ड खसेको थियो । त्यसको नाम होबा मिटीओराइट राखिएको थियो ।
पृथ्वीमा १ सेकेन्डमा १०० पटक र हरेक दिन ८०.६ लाख पटक आकाशीय विद्युत झर्दछ ।

अन्तरिक्षको फोहोरबारे थाहा छ ?timthumb
अन्तरिक्षमा जम्मा भएको फोहोरको एउटा टुक्रा हरेक दिन पृथ्वीमा झर्दछ । यस्तो अनुमान नासाका वैज्ञानिकहरुले लगाएका हुन् ।

पृथ्वीमा तापको स्रोत केवल सूर्य मात्र होइन, बरु पृथ्वीको भित्र तरल बनेको पदार्थ रहेको हुन्छ, जसले पृथ्वीको ताप निरन्तररुपमा स्थिर बनाउँछ । एउटा अनुमानका अनुसार, पृथ्वी भित्रको उक्त भागको तापक्रम ५ हजारदेखि ७ हजार डिग्री सेल्सियससम्म हुन्छ, जुन सूर्यको सतहको तापक्रम बराबर हुन्छ ।

के तपाईंलाई थाहा छ, पृथ्वीका सबै महाद्वीपहरु आजभन्दा ६.५ करोड वर्ष पहिला एकअर्कासँग जोडिएका थिए । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा कुनै उल्का पिण्ड खसेपछि फुटेको ज्वालामुखी र शक्तिशाली भूकम्पको कारण यो महाद्वीप एकआपसमा छुट्टिन थाले, यसपछि नै पृथ्वीबाट डायनोसारको अन्त्य भएको हो ।

पृथ्वीमा हरेक दिन ४ हजार पाँच सय बालद गर्जन्छ ।

छिमेकी राष्ट्र चीनको प्रदुषणबारे थाहा पाउँदा तपाईं अचम्भित हुनुहुनेछ–

china-pollution
पृथ्वीको ४० प्रतिशत भागमा संसारका केवल ६ देश रहेका छन् । पृथ्वीका सारा मानिसहरु १ वर्ग किलोमिटरको क्युव (घन)मा अट्न सक्छन् । यदि एक वर्गमिटरमा एकजना व्यक्ति उभिन सक्छ भन्ने मान्ने हो भने एक वर्ग किलोमिटरमा दस लाख मानिस उभिन सक्छन् ।

चीनको वायु प्रदुषण यति धेरै छ कि अन्तरिक्षबाट हेर्दा चीनकै ग्रेटवाल पनि देख्न सकिँदैन ।

पृथ्वी ढिलो घुमेकोले २०१५ एक सेकेन्ड लम्बिएको थियो ।

यदि मानिसलाई कुनै सुरक्षाबिना अन्तरिक्षमा छाडिदियो भने ऊ केवल दुई मिनेसम्म बाँच्न सक्छ ।

गहिरो मानवनिर्मित खाडल

 

deepest-wholeमानिसले नै खनेको संसारकै सबैभन्दा गहिरो खाडल १९८९ मा रुसमा खनिएको थियो जसको गहिराई १२.२६२ किलोमिटर रहेको थियो ।

हरेक दिन पृथ्वीमा दुई लाख मानिस जन्मिन्छन् । एक सेकेन्डमा दुई जना मानिसको मृत्यू हुन्छ ।

मानिसद्वारा बनाइएको सबैभन्दा पुरानो धार्मिक स्थल गोबेकली टेप टर्कीमा रहेको छ । यसको निर्माण दश हजार वर्ष इसापूर्व गरिएको थियो ।

अन्तरिक्ष

 

१५० अरब डलर अर्थात् करिब १६ हजार अरब रुपैयाँ खर्चिएर इन्टरनेशलन स्पेश स्टेशन बनाइएको छ । यो सबैभन्दा महंग्यो प्रोजेक्ट हो, जसमा सबैभन्दा धेरै धनराशि खर्चिएको छ ।international-space-station

७ अरब माइलको दूरीबाट लिइएको पृथ्वीको फोटोको नाम ‘पेल ब्ल्यू डट’ हो । यो अहिलेसम्मकै सबैभन्दा टाढाबाट लिइएको पृथ्वीको तस्बिर हो ।

१०६ अरब मानिस पृथ्वीमा छन् । आउँदो २०५० सालमा ९.२ अरब मानिस थपिनेछन् ।

शार्क

 

हरेकवर्ष १० देखि १२ दुर्घटनाको कारण शार्क माछा बन्ने गरेको छ । हरेक वर्ष एक सय मिलियन शार्क मारिन्छन् ।
पृथ्वीमा ९९ प्रतिशत जीवित प्राणी महासागरमा बस्छन् । २००० जलचरहरुको बारेमा हरेक वर्ष जानकारी हासिल गरिन्छ ।

sharkयदि पृथ्वीको सबै पानीलाई एकठाउँमा जम्मा गर्ने हो भने, यो ८६० घन किलोमिटरको आकारको बल बन्दछ । यो शनिको बर्फिलो गोलाकारभन्दा ठूलो आकारको हुनेछ ।

वायु प्रदुषण
संसारमा ४० प्रतिशत मृत्यू पानी, हावा र माटोको प्रदुषणको कारण हुन्छ । केवल वायु प्रदुषणले मात्र हरेक वर्ष ७० लाख मानिसको मृत्यू हुन्छ ।air-pollution
संसारमा हरेक दिन १ अरब मानिसले पिउनयोग्य पानी पाउँदैनन्, जबकि २ अरब मानिस सफा पानीको आशामा बाँचिरहेका हुन्छ । २०५० सम्म करिब ९ अरब मानिस पानी बिना अथवा कम पानीमै जीवन गुजारा गरिरहेका हुनेछन् । २०१५ सम्म छिमेकी राष्ट्र भारतको करिब ६० प्रतिशत जमिनमा पानी सुक्नेछ ।

समुद्रको एक लिटर पानीमा १३औं बिलियन भागमा एक ग्राम सुन भेटिन्छ ।

पृथ्वीमा पानी
पृथ्वीको ९७ प्रतिशत पानी नुनिलो हुन्छ र खानयोग्य वा मिठो पानी केवल ३ प्रतिशत मात्र हुन्छ । विश्वको ९० प्रतिशत फोहोर समुद्रमै पुगेको हुन्छ ।water-on-earthसौर्य मण्डलमा पृथ्वी मात्रै एउटा यस्तो ठाउँ हो, जहाँ पानी ठोस, तरल र ग्याँस तीनवटै अवस्थामा पाइन्छ ।

आज पनि संसारको ७४.८ करोड जनसंख्यालाई पिउनको लागि सफा पानी भाग्यमा लेखेको छैन । लगातार प्रयोग हुने शौचालयमा दैनिक २०० ग्यालिन पानीको खेर जान्छ । चुहावटको कारण दैनिक ३.६ करोड ग्यालिन पानी खेर जान्छ ।

पर्वतको उचाई
पृथ्वीको गुरुत्वाकर्षणको कारण कुनै पनि पहाड १५ हजार मिटरभन्दा अग्लो हुन सम्भव हुँदैन ।

पृथ्वीमा रहेका हरेक प्राणीलाई कार्बनको जरुरत हुन्छ ।height-of-mountains

आजभन्दा ४ सय ५० करोड वर्ष पहिला, सूर्य मण्डलमा मंगलको आकारको एउटा ग्रह थियो, जसले पृथ्वीसँगै एउटै बाटोमा सूर्यको परिक्रमा गर्दथ्यो । उक्त ग्रह कुनै कारण पृथ्वीसँग ठक्कर खान पुग्यो र यसले पृथ्वीलाई एकातिर मोड्यो भने अर्कोतिर त्यही ठक्करको परिणामस्वरुप पृथ्वी टुक्रिएर चन्द्रमा बन्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित