January 24, 2020

अख्तियारका अधिकृतलाई जासुस परिचालनको अधिकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अनुसन्धान अधिकृतलाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका क्रमामा आवश्यक सूचना संकलन गर्न पाउने अधिकारको प्रस्ताव गरिएको छ । यो समाचार आज प्रकाशित नेपाल समाचारपत्रमा छ ।

आयोगसँग सम्बन्धित दुई ऐन भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सरकारले यस्तो प्रस्ताव गरेको हो । सरकारले केही दिनअघि राष्ट्रियसभामा दर्ता गरेको निवारण ऐन २०५९ को थप गरिएको प्रस्तावित दफा ६२ घ मा अनुसन्धान अधिकारीले सुराकी वा अनुसन्धान सूत्र प्रयोग गर्न सक्ने भन्दै यस्तो प्रावधानलाई खुलाइएको छ ।

जसमा भनिएको छ– ‘अनुसन्धान अधिकारीले भ्रष्टाचारजन्य कसूरमा आवश्यक पर्ने सूचना संकलन गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउन उचित र पर्याप्त कारण भएमा सुराकी वा अनुसन्धान सुत्र (इन्टिलिजेन्स) परिचालन गर्न सक्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण