January 25, 2019

अखिलका महासचिव द्वारा गगन थापालाई चुनाैति ? `मुठभेड गर्ने भए त्रिचन्द्रमा आउनुस्´

११ माघ, काठमाडौँ । अनेरास्ववियुका महासचिव ऐन महरले नेपाली कांग्रेसका नेता गगन थापालाई मुठभेड गर्ने भए त्रिचन्द्र कलेजमा आउन निम्तो दिएका छन । शुक्रबार सामाजिक सञ्जालबाट महासचिव महरले कांग्रेस नेता थापालाई संसद मुठभेड गर्ने थलाे नभएकाले त्रिचन्द्रमा आउन आग्रह गरेका हुन । महरले आफ्नाे फेसबुकमा लेखेका छन, `नेपाली जनताको ७० बर्ष भन्दा बढिको संघर्ष र बलिदानी बाट प्राप्त संबिधान सभा बाट झण्डै ९०% भन्दा बढिको बहुमतबाट पारित जनताको संबिधानले ब्यबस्था गरिएको जननिर्वाचित संसदको गरिमा कायम गर्नु सबै लोकतान्त्रिक शक्ति र लोकतन्त्रमाथी बिश्वास गर्ने हामी सबैको कर्तब्य हो । संसदमा नीति निर्माण सम्बन्धी बहस छलफल प्रक्रियागत रुपमा हुनु पर्छ।´

उनले अघि लेखेका छन `कुनै पनि अवस्थामा संसदमा विधि पद्धती भन्दा बाहिर गएर प्रक्रिया लाई आत्मसाथ नगरिनु लोकतान्त्रिक मान्न सकिँदैन। बाहुबलिको प्रयोग गर्नु मुठभेड सिर्जना गर्नु घोर अलोकतान्त्रिक चिन्तन हो । त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापती, नेवि संघका पुर्व महामन्त्री माननीय गगन थापाले(जो लोकतन्त्रको गित गाएर थाक्दैनन) संसदमा मुठ्भेड गर्ने दादागिरी चलाउने भन्नू भएछ। म माननीय गगन थापालाई अनुरोध गर्न चाहन्छु – संसद मुठ्भेड गर्ने थलो होइन ।तपाइको नानी देखि को बानी नै हो मुठ्भेड रुचाउने। तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियु का कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा।´महरले विगतमा थापाले त्रिचन्द्रमा गरेकाे भ्रष्टाचार खाेज्ने पनि बताएका छन । उनले अघि लेखेका छन
`संसदमा नीति निर्माण गर्न दिनुस, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नू हुन्छ या खुल्लामञ्छ त्यतै मुठ्भेडको अभ्यास गरौं। अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ बर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो। बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ। साथै क्याम्पसको बेरुजु पनि फर्च्यौट गर्नुहोला।त्यो बेला अरु संगठनलाई प्रतिस्पर्धा पनि गर्न नदिने तपाईं अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्नू होला।´

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो