August 25, 2019

अँध्यारोमा मोबाइल चलाउँदा आँखाको ज्योति गुम्ला !

यदि तपाईं पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार ! किनकी यस्तो बानीले एकदिन तपाईंको आँखाको ज्योति गुम्न सक्छ ।

npr.org को रिपोर्ट अनुसार इंग्ल्याण्डमा २२ वर्षीया एक युवतीको राती अबेरसम्म अंध्यारोमा स्मार्टफोन चलाउने बानी थियो । उनी बेडरुममा पुगेपछि कोठाको बत्ति निभाएर बिस्तारामा पल्टिन्थिन्, अनि मोबाइल चलाउन थाल्थिन् ।

उनको सुत्ने तरिकाका कारण पनि देब्रे आँखा तकियाले छोपिन्थ्यो, दाहिने आँखाले नै उनी मोबाइलमा हेर्ने गर्थिन् । नतिजा उनमा अन्धोपनको समस्या देखियो ।

यसैगरी इंग्ल्याण्डकै करिब ४० वर्षीया अर्की एक महिला पनि यस्तै समस्याको सिकार बनिन् । उनी सूर्योदयभन्दा निकै अगाडि ब्यूँझिन्थिन् । ब्यूँझिएपछि अँध्यारोमा सुती-सुती मोबाइलमा खबरहरु पढ्ने उनको बानी थियो । करिब एक वर्षसम्म निरन्तर उनको यो दैनिकी जारी रह्यो । नतिजा यस्तो निस्कियो, उनको आँखाले पनि राम्रोसँग काम गर्न छाड्यो ।

यी दुवैको समस्या एकै प्रकृतिको थियो । हेर्दाहेर्दै एक्कासी आँखाले काम गर्नै छाड्थ्यो । अंध्यारोमा मोबाइल चलाउने बानीका कारण उनीहरुको रेटिनामा निकै नराम्रोसँग असर परेको रहेछ ।

लण्डनका आँखा डाक्टर उमर महरुले ‘द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित एक रिपोर्टमा भनेका छन्, ‘हाम्रो रेटिना निकै अद्भुत चीज हो, किनकी यो प्रकाश अनुसार आफैँ एड्जस्ट हुनेगर्छ ।’

माथि उल्लेखित दुवै केश उस्तै थियो । दुवैको एक-एक आँखाको रेटिना प्रकाशसँग अभ्यस्त भएको थियो भने, अर्को अन्धकारसँग । जब उनीहरु लगातार प्रकाशमा हेर्दथे, आँखा अस्थायीरुपमा ब्लाइण्ड (नदेख्ने) हुन्थ्यो ।

खासमा उज्यालोबाट अंध्यारोमा जाँदा हाम्रो आँखाको रेटिना प्रकाश अनुसार विस्तारै आफैँ एडजस्ट हुन्छ । सायद तपाईंले अनुभव पनि गर्नुभएको होला, घाममा बसेर एक्कासी भित्र कोठामा जानुभयो भने त्यहाँ केही क्षण निकै अंध्यारो हुन्छ । साना चिजहरुलाई हाम्रो आँखाले ठम्याउन समेत सक्दैन । जब हाम्रो रेटिना अंध्यारोसँग एड्जस्ट हुन्छ, तब साविकको अवस्थामाजस्तै देखिन थाल्छ ।

डा. महरुले एक प्रयोग गरे । दुवै बिरामी आफ्नो बायाँ आँखा बन्द गरेर अंध्यारो कोठामा गए अनि दायाँ आँखाको सहायतामा लगातार २० मिनेटसम्म स्क्रिनमा हेरिरहे । जब कोठको लाइट अन गरियो, तर कोठामा बदलिएको प्रकाशअनुसार एडजस्ट हुन उनीहरुको आँखाले समय लियो । केहीबेर उनीहरुको आँखा बन्दजस्तै भयो । समस्या यही हो । अझै उनीहरुले यसबाट मुक्ति पाएका छैनन् ।

यो दुवै समस्या अँध्यारोमा स्मार्टफोन चलाउँदा नै निम्तिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि