७२ दिनसम्म आफ्नै साथीको मासु खाँदै बाँचे खेलाडी

एजेन्सी, २४ असोज । संसारमा यस्ता कयौं घटना भएका छन्, जहाँ मानिसहरु मृत्यूको मुखबाट बाहिर आउन सफल भएका छन् । यस्तै घटनामध्ये एक हो १३ अक्टोबर १९७२ मा भएको थियो ।

उरुग्वेका वल्ड क्रिश्चियन क्लबको रग्बी टिम चिलीको सैन्टियागोमा म्याच खेल्नका लागि जाँदै थिए । यही क्रममा विमान दुर्घटना भएको थियो । प्लेनमा ४५ यात्रु सवार थिए, जसमा १२ जनाको दुर्घटनाको क्रममा मृत्यू भएको थियो । अन्य १७ मानिस घाइते भएका थिए र उनीहरुको घटनापछि मृत्यू भयो । यद्यपि, उक्त दुर्घटनामा जो मानिस बचे, उनीहरुले मृत्यूलाई नजिकैबाट देखे । अवस्था यस्तो सिर्जना भयो कि उनीहरु आफ्नै साथीहरुको लास खाएर बाँच्नु परेको थियो ।

– बचेका मानिसहरुले ज्यान बचाउनको लागि खानेकुरा थोरै थोरै बाँडेर खाएका थिए ताकि लामो समयसम्म बाँच्न सकियोस् ।
– पानीको आवश्यकता पूरा गर्न उनीहरुले प्लेनबाट यस्तो धातुको टुक्रो निकालेका थिए जुन गर्मीमा छिट्टै तात्न सक्थ्यो । उनीहरुले त्यसमै बरफको टुक्रा पगालेर पानी जम्मा गर्न सके ।
– उनीहरुको संकट त्यतिबेला चर्कियो जब खाना सकिन थाल्यो । खानेकुरा केही नभएपछि उनीहरुले आफ्नै साथीहरुको लासलाई टुक्रा टुक्रा बनाएर खान सुरु गरे ।
– दुर्घटनामा बचेका डा.रोबटरे कानेसाले एक अन्तर्वार्तामा भनेका थिए, मलाई ज्यूँदो रहनको लागि आफ्नै साथीको मासु खानु पर्‍यो ।’ दुर्घटनामा पीडितहरुलाई ३० डिग्री सेल्सियसमा ७२ दिनसम्म बिताउनु पर्‍यो ।

दुई खेलाडीले देखाएका थिए हिम्मत
– हेर्दाहेर्दै ६० दिन बित्यो । संसारको आँखामा मरिसकेका उनीहरुको उद्धारमा कसैले ध्यान दिएन ।
– यस्तैमा दुई खेलाडीहरु नैन्डो पैरेडो र रोबटरे केनेसाले यसरी सोची सोची मर्नुभन्दा मद्दतको खोजीमा त्यहाँबाट निस्कनु उत्तम ठाने ।
– शारीरिक रुपमा धेरै कमजोर बनिसकेका उनीहरु दुवै खेलाडीले हिउँमाथि हिड्न सुरु गरे र उनीहरुले हजार संकटहरु पार गर्दै एंडीज पर्वतलाई पार गरे र चिलीमा मानिसको बसोबास भएको ठाउँसम्म पुग्न सफल भए ।
– त्यहाँ पुगेर दुवैले उद्धार टोलीलाई आफ्नो साथीहरु रहेको स्थान बताए । यसको साथै दुर्घटनामा बाँचेका १६ मानिसहरुको २३ डिसेम्बर १९७२ मा ज्यान बचाउन सफल भए ।

घटनामाथि फिल्म नै बन्यो
– उक्त भयानक घटनामाथि पियर्स पोल रीडले १९७४ मा एक किताब ‘अलाइव’ लेखेका थिए, जसमाथि १९९३ मा फ्रेंक मार्शलले एक फिल्म नै बनाए ।

       

ads