३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त ४ जनालाई दिउँसो काठमाडौँ ल्याइने

 सनम हत्या तथा ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त ४ जनालाई काठमाडौँ ल्याइने भएको छ ।

जिल्ला अदालत मोरङले काठमाडौँ लैजान अनुमति दिएसँगै प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती (गोरे)सहित एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई सोमबार दिउँसो काठमाडौं ल्याउन लागिएको हो ।

उनीहरुलाई सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याइने प्रहरीले जानकारी दिएको छ ।

गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो ।

तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ ।

 

photo

NOC1-250x300