हामी अलमलमा छौनौं, समस्यै–समस्यामा गुज्रिएकाले गति लिन सकेनौं : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरु अलमलमा नरहेको दावी गर्नु भएको छ ।

मुख्यमन्त्री पौडेलले समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गतिलिन नसकेको पनि स्पष्ट पार्नुभयो । आइतबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारीको अभाव, संरचनाको अभावका कारण आफू नेतृत्वको सरकारको कामले गति लिन नसकेको पनि स्मरण गराउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कामलाई गति दिने गरी बाटो बनाउने काम गरिरहेको दाबी गर्नुभयो । उहाँले केही समयपछि उद्योगी, व्यवसायीहरुले अपेक्षा गरेभन्दा बढी काम गरेर देखाउने आश्वासन पनि दिनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मुल आधार रहेको बताउनुभयो । उहाँले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि दोहोर्‍याउनुभयो । मुख्यमन्त्री पौडेलले निजी क्षेत्रको लगानी समृद्धिको आधार भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम प्रदेश सरकारले बनाएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

photo

NOC1-250x300