हङकङद्वारा नेपाललाई १५४ रनको लक्ष्य पेश

  फागुन २८ 

हङकङद्वारा  नेपाललाई १५४ रनको लक्ष्य पेश

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेल टस जितेर ब्याटिङ गरेको हङकङले नेपाललाई १५४ रनको चुनौति पेश गरेको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि हङकङ सस्तैमा समेटिएको हो ।

हङकङले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको हो । हङकङका लागि निजकट खानलले ४७ बनाए । त्यस्तै, इशान खानले २५, कप्तान बाबर हायतले २०, इशान नवाजले १४ र  तानविर अजवलले १० रन बनाए । हङकङका अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

जिम्बावेको बुलावायो एथ्लेटिक क्लबको मैदानमा टस हारेर बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका लिए । त्यस्तै,  बसन्त रेग्मी र करण केसीले समान २–२ विकेट लिए । सोमपाल कामी र ललितले समान १–१ विकेट लिन सफल भए ।

तस्बीरः आईसीसी

NOC1-250x300