सुमनको ‘मेटिन्न तिम्रो तस्बिर’ सार्वजनिक (भिडियोसहित)

गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । शुक्रबार युट्युबमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

anil-and-Asha-768x393

सार्वजनिक उक्त गीतमा विनोद शर्माको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीतको एरेन्जर फडिण्द्र राई हुन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।

राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन् ।

भिडियो हेर्नुहोस् :

NOC1-250x300