‘सीआइबी’ कै प्रहरीसँग नक्कली शैक्षिक प्रमाणपत्र

नेपाल प्रहरीको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत प्रहरीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको खुलासा भएको छ ।

गम्भीर अपराधको अनुसन्धान गर्ने नेपाल (सिआइबी)का प्रहरी जवानको शैक्षिक प्रमाणपत्र नै नक्कली फेला परेको हो । स्रोतका अनुसार प्रहरी हवल्दार सन्जीव विक्रम शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको अख्तियारले फेला  पारेको छ ।

शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो । आयोगले छानबिन गर्दा उनले त्यो कलेजमा अध्ययन नै नगरेको खुलेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले भारतको एमजी इन्टर कलेज गोरखपुरबाट इन्टरमिडियट तह उत्तिर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी हवल्दारमा बढुवा भएका थिए ।

 

photo

NOC1-250x300