सरकार विरुद्ध क्रान्तिकारी माओवादीको ‘कालो मार्चपास’

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले सरकार विरुद्ध काठमाडौंमा मार्चपास गरेको छ।

 

cms-image-000058670

नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयक लगायतका विरुद्ध ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीका नेताहरुले जनाएका छन्।

मार्चपासको नेतृत्व पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गरेका थिए।

रत्नपार्क शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको हो।

 

photo

NOC1-250x300