संविधान संशोधन गर्न सरकारलाई राजपाको छठसम्मको अल्टिमेटम

लामो समयदेखि संविधान संशोधनको माग गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई छठ सम्मको अल्टिमेटम दिएको छ ।

सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपाले संविधान संशोधनका लागि सरकारलाई छठसम्मको अल्टिमेटम दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माणका बेला गरेको तीन बुँदे सहमति स्मरण गराउँदै छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ ।

राजपा अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफूसँग गरेको सहमतिप्रति गम्भीर बन्न आग्रह गरे ।

यसअघि पनि पटक–पटक संविधान संशोधनको प्रक्रिया अघि बढाउन आग्रह गर्दैै आएको राजपाले आफूले उठाएका माग र मुद्दाहरुलाई नगरिए देश फेरि संघर्ष र आन्दोलनमा धकेलिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

संशोधनका लागि आन्तरिक गृहकार्य गरिरहेको र असोजको २९ गतेसम्म पर्खिन प्रधानमन्त्रीले आग्रह गरे पनि आफूहरुले छठसम्मको मात्रै समय दिएको स्रोतले बतायो ।

 

 

photo

NOC1-250x300