वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय संञ्चार माध्यम

Modiहिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार  नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ ।

नेपाल भ्रमणमा अाउने तयारीमा रहेका  मोदी जनकपुर जाने कार्यक्रम  तय भएको पनि  समाचारमा  उल्लेख छ  ।

मोदीले  प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए।

नेपालको संविधानलाई स्वागत नगरेका मोदीको  संविधान जारीपछिको यो नेपाल भ्रमण पहिलो हुनेछ  ।

NOC1-250x300