विहीबार पार्टी एकता संयोजन समितिको बैठक

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता सकिएको छ । अध्यक्षद्वयको छलफलले एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताले विहीबार विहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको र त्यसले एकताबारे आवश्यक निर्णय लिने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

अध्यक्षद्वयको बैठकले पार्टी एकता सकेसम्म यही साताभित्र टुंग्याउनेगरी छलफल भएको र यसमा दुवै नेता सहमत भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा केन्द्रित हुनुपरेकोले हुन नसकेको वार्ता पुनः सुरु भएको र अब एकता प्रक्रिया अगाडि बढ्ने रक्षामन्त्री तथा एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए ।

 

photo

NOC1-250x300