विश्वकप फुटबलका लागि सबै टोली रुस पुग्दै

विश्वकप फुटबल सुरु हुन अब २४ घण्टा भन्दा कम समय बाँकी छ । रुसमा भोलीसाँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।

रुसको राजधानी मस्कोमा भव्य उद्घाटन समारोह पछि भोलि आयोजक रुस र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल हुनेछ ।

त्यसपछि विभिन्न १० शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् ।

NOC1-250x300