विप्लवका प्रवत्ता प्रकाण्डलाई सर्वोच्चले दियो यस्तो आदेश !

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका प्रकाण्डलाई अदातलमा उपस्थित गराउन आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई ४८ घण्टाभित्र हाजिर गराउन आदेश दिएको सर्वोच्चले जानकारी दिएको छ ।

पक्राउ परेका प्रकाण्डसहित हकमा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । रिटमाथि सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले महान्यायाधीवक्तको कार्यालयमार्फत् ४८ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।

 

photo

NOC1-250x300