वाम गठबन्धनमा राप्रपा !

 वाम गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने ओली र प्रचण्डको प्रयास छ । त्यसैले नाम नै वाम प्रगतिशील गठबन्धन राखिएको थियो ।Raprapa-Bibhajan-,,

संघीय समाजवादी फोरमसँगको सम्भावना सकिएपछि कमल थापाको राप्रपालाई गठबन्धनमा भित्र्याउने अन्तिम कसरत भइरहेको बताइएको छ ।

उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् । गठबन्धन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कमल थापाले शुक्रबार एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका छन् ।

करिब ४५ मिनेटको छलफलमा चुनावी तालमेलबारे विभिन्न विकल्प र पछिल्लो राजनीतिको समीक्षा भएको थापाले जानकारी दिए । 

ads