वाम गठबन्धनमा नयाँ शक्तिलाई कति सिट ?

left-unityकाठमाडौं,  नयाँ शक्ति, अन्य पार्टी र समूहलाई कति सिट दिने विषय शीर्ष नेता रहेको एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने भएको छ ।

नयाँ शक्तिले लिने सिटका विषयमा शुक्रबार डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । ‘सिटका विषयमा उहाँहरूले छलफल गर्नुभयो, पहिले संख्या टुंगो लागेपछि समितिमा छलफल हुन्छ,’ नयाँ शक्तिका नेता तथा समितिका सदस्य गंगानारायण श्रेष्ठले भने ।

नेपाल परिवार दलले एमालेको सूर्य चिह्नमा चुनाव लड्ने तीनबुँदे सहमति गरेको छ । शुक्रबार एमाले अध्यक्ष ओलीनिवास बालकोटमा भएको सहमतिमा एमालेको ह्विप मान्ने, सिट संख्या सहमतिमा टुंगो लगाउने र एमाले उम्मेदवारलाई जिताउने उल्लेख छ ।

ads