वाम एकताः ऐतिहासिक अवसर पनि, चुनौती पनि

कम्युनिष्ट आन्दोलन गठन, पुर्नगठन र विभाजनका ५५ वर्ष

प्रेमलकुमार खनाल
 

पुष्पलालको अगुवाइमा वि.सं. ००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी करिब १४ वर्षसम्म एउटै पार्टीको रुपमा कृयाशील रह्यो । २० को दशकदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको सुरूअात भयो ।

दोस्रो महाविधेशनमा राजापरस्त दक्षिणपन्थी रुझानका केशरजङ्ग रायमाझीले पार्टीको नेतृत्व हत्याएपछि नै पार्टीभित्र विवादको शुरुवात भयो । वि.सं. ०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई कु गरेपछि रायमाझीले निरङ्कुस कदमको खुलेर समर्थन गरे । २०१९ मा तेश्रो महाविधेशनपछि पार्टी विभाजनको सुरूअात भयो ।
०४६ मा निरङ्कुश पञ्ंचायतविरुद्ध आन्दोलन गर्दा सहाना प्रधानको नेतृत्वमा ५ वटा वामपन्थी पार्टीहरु सम्मिलित बाममोर्चा गठन भयो । र, कांग्रेससँग मिलेर पञ्चायतका विरुद्ध संयुक्त जनआन्दोलन भयो । ०४७ मा बहुदलीय व्यवस्थाको पुर्नस्थापनमा संगै नेकपा एमाले र माक्र्सवादी पार्टीवीच एकीकरण भयो र हालको नेकपा एमाले गठन भयो ।यसरी २० को दशकदेखि विभाजनको सुरुअात भएको कम्युनष्टि आन्दोलन ३० को दशकमा आइपुग्दा गठन पुर्नगठनको तहमा पुग्यो । ३० को दशमसम्म पुष्पलालले नेतृत्व गरेको पार्टी क्रियाशील रहे पनि छुट्टै नयाँ पार्टी निर्माण गर्ने क्रममा ०३१ सालमा को-अर्डिनेशन कमिटी र ०३५ सालमा माले हुँदै अहिलेको एमाले ०४७ सालमा माले र माक्सवादी मिलेर बन्यो ।
अहिलेको माओवादी पनि चौथौ महाधिवेशन, मोटो मशाल पातलो मसाल, हुँदै अहिलेको माओवादीसम्म र पुष्पलालको निधनपश्चात सहाना प्रधान, मनमोहन अधिकारीले नेतृत्व गरेका पार्टीहरु कृयाशील हुन थाले । ४० को दशकपछि बाम आन्दोलनमा एकता र ध्रवीकरणको शुरुआत भयो ।

४० को दशकदेखि नै तत्कालीन चौथो महाधिवेशन पक्षधरहरुको पार्टीभित्र सशस्त्र संघर्ष कि शान्तिपूर्ण संघर्ष भन्ने विवादका शुरुवात भयो । ५० को दशकदेखि हालको माओवादी केन्द्रको नेतृत्वमा एक दशकसम्म जनयुद्ध नै भयो । ६० को दशकको शुरुवातदेखि वामपन्थीहरु पुन निरङकुश राजतन्त्रका विरुद्ध एकठाउँमा उभिएर खडा भए । राजतन्त्रको अन्त्य भई मुलकमा गणतन्त्र स्थापना भएपछि वाम आन्दोलनमा मूलतः एमाले र माओवादी राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहन पुगे । हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण आन्दोलनको लाइनमा आइपुगेको माओवादी र एमाले वीचमा मूलतः भिन्नता थिएन ।

कार्यनीतिक भिन्नता खासै नभएका यी पार्टीवीच संविधान बन्नुअगावै पार्टी एकता भएको भए अहिलेको संविधान अझ बढी जनता सार्वभौमसत्ता सम्पन्न भएको प्रगतिशील बन्न सक्थ्यो । तर, पनि कतिपय साझा दृष्टिकोणमा समानता भएका कारण यी दुई पार्टीको सहकार्यमा नै संविधान जारी भयो ।

नेकपामा एमालेले आठौं महाधिवशेनदेखि नै वामपंथीहरुवीच एकता गर्ने नीतिलाई अगाडि सारेको थियो । माओवादीले पनि हेटौंडाका महाधिवेशनमा एक्काइसौं शताब्दीको जनवादको कार्यक्रमलाई पारित गरेपछि मुख्य यी वामदलहरुका वीच एकताको कार्यक्रमिक आधार बन्दै गयो ।

यिनै पृष्ठभूमिका वीच भर्खरै सम्पन्न निर्वाचनपूर्व वाम गठबन्धन निर्माण भयो । वाम गठबन्धनको निर्माणलाई जनताले सकारात्मक रुपमा लिए, जसको परिणामस्वरुप झण्डै दुई तिहाईको संख्यामा गठबन्धनका उम्मेदवारहरुले विजयी हासिल गरे ।

वाम गठबन्धन चुनावी तालमेल र पार्टी एकता गर्ने उद्देश्यका साथ भएका कारण यतिखेर यी दुईवटा पार्टीवीच औपचारिक घोषणाका लागि गृहकार्य भइरहेको छ ।

यसरी विगत ५५ बर्षदेखि भिन्नभिन्न चुल्हो चौको बालेर क्रियााशील बाम पार्टीका विचमा संविधान जारीसँगै राजनैतिक क्रान्ति सम्पन्न भएपछि कार्यनीतिक भिन्नता नरहेका कारण अब यो ७० को दशकमा नेपालमा वाम एकीकरण र धु्रवीकरणको दशक बन्दै जाने देखिएको छ ।

एकता ऐतिहासिक बन्ने

एमाले र माओवादी दुईवटा पार्टीको एकताले पहिलो- विराट शक्ति निर्माण हुनेछ र बाम नेतृत्वमा मुलुकमा सत्तामा पुगेर आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने आधार बनेको छ ।

दोश्रो- यो एकताले राष्ट्रिय राजनैतिक साथै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सकारात्मक सन्देश बन्दैछ । यसले नेपालमा वामपन्थीहरुकै नेतृत्वमा शान्तिपूर्ण आन्दोलनबाट सम्पन्न राजनैतिक क्रान्ति र जनताको मतबाट संसदमा वामपन्थीहरुले दुई तिहाइको संख्यामा हासिल गरेको सफलता र पार्टी एकीकरणको अभियानप्रति विश्वका वाम एवं समाजवादीहरुको लागि अब पर्यटकीय हिसावले मात्र होइन, राजनैतिक हिसावले पनि आकर्षकको थलो बन्नेछ ।

तेश्रो- यी दुबै बामवीचको एकताले बृहत कम्युनिष्ट पार्टी निर्माण भएपछि वाम एकीकरण र धु्रवीकरणको अभियान नै चल्नेछ । अब पुच्छर झुण्डाएका कम्युनिष्टहरुको राष्ट्रिय राजनीतिमा खासै अर्थ रहँदैन ।

चौथो- वामपन्थीहहरु विभाजित हुँदा प्रगतिशील विचार राख्ने समुदाय सक्रिय राजनीतिबाट अलग-थलग भएका वाम एकीकरणको अभियानले सकृय राजनीतिमा सहभागी हुने आधार बन्नेछ । यसले वाम शक्तिको अझै विकास हुने आधार तयार गर्दैछ र यसले समाजवादी विचार राख्ने गैर कम्युनिष्टहरु पनि एकीकृत कम्युनिष्ट पार्टीमा समाहित हुने आधार बबनाउने छ ।

एकताका सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधार

अब यी दुईवटा पार्टीको एकताबाट पुच्छर नझुण्ड्याएको नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी हुनेछ । यसले पुष्पलालले स्थापना गरेको पार्टीको ५५ बर्ष पछाडि निरन्तरता हुनेछ ।

मार्क्सवाद र लेनिवादलाई मार्गदर्शक सिद्धान्तको (एजश) का वीचको साझा विषय र भिन्नताको विश्लेषणका आधारमा क्रान्तिकारी र लोकतान्त्रीकरणको सार कार्यक्रम भएको आर्थिक सामाजिक क्रान्ति सम्पन्न गर्ने नेपाली मोडलको समाजवादी क्रानितको कार्यक्रमको तय गर्नु पार्टी एकिकरणको आधार बन्नु पर्दछ ।

यस्तै, राजनैतिक क्रान्ति सम्पन्न भएपछि आर्थिक सामाजिक क्रान्ति गर्नका लागि नेपाली अर्थ राजनीतीमा बाधक बनेकोे दलाल पुँजीवादका विरुद्ध प्रहार केन्दि्रत गर्दै राष्ट्रिय पुँजी निर्माण गरेर समाजबाद स्थापना गर्नु केन्द्रीय कार्यभार हुनुपर्दछ ।
र, अब केन्द्रीय कार्यभार अर्थात रणनीतिक लक्ष्य हासिल गर्न तत्कािलन राजनैतिक कार्यनीति कार्यदिशको निर्धारण्मले दैनिक कामलाई निर्देशित गर्नेछ ।

संविधानको कार्यान्वयन गर्दै लोकतन्त्र र गणतन्त्रको सुदृढीकरण गर्न, सुशासनयुक्त सरकार सञ्चालन गर्न, राष्ट्रिय एकता कायम गर्न, राष्ट्रियता र स्वाधीनताको रक्षा र सुदृढीकरणका ठोस नीति र कार्यक्रममार्फत भूमिका निर्वाह गर्न, सार्थक सामाजिक रुपान्तरणका कार्यक्रममार्फत गरिबी बरोजगारीको न्युनीकरण गर्दै विकास र समृद्धि हासिल गर्न समानता अनि लाभमा आधारित बैदेशिक सम्वन्ध कायम गर्नर् यतिखेर वामपन्थीहरुको तत्कालीन कार्यभार हुनु पर्दछ ।
वर्ग संघर्षलाई हरहमेशा जोड दिँदै संसद, सरकार र सडकको मोर्चाबाट शान्तिपूर्ण वर्ग संघर्षलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ । अब एकीकरणबाट बन्ने पार्टी संगठन गफ र भाषण गर्ने होइन कि साँच्चिकै कामकाजी क्रान्तिकारी शैलीको हुने प्रत्याभूत हुन सके मात्रै दलाल पुँजीवाादका विरुद्ध दृढतापूर्वक संघर्ष सम्भव छ ।

पूर्णकालीन नेतृत्व व्यवसायिक काममा संलग्न नहुने, सबै पार्टी कार्यकता उत्पादन बढाउने रोजगारी बढाउने गरि पार्टी काममा संल्गन हुने, यसरी संलग्न हुनेहरुले अनिवार्यरुपमा राज्यलाई कर बुझाउने र पार्टीले त्यसकाका प्रभावकारी अनुगमन गर्न सके पार्टीको तर्फबाट उत्पादन र रोजगारीमा मद्दत पुग्दछ र पार्टी कार्यकर्ता बेरोजगार बन्नु पर्ने स्थितिकेा अन्त्य हुनेछ ।

अब नयाँ बन्ने पार्टीमा पार्टीका सबै तहमा कार्यनीतिक कार्यदिशाको आलोकमा सुस्पष्ट कार्ययोजना, परिभाषित काम र जिम्मेवारी पूरा गर्ने कार्य सम्पादनमा आधारित , जवाफदेही पुर्ण कार्यशैलीको अवलम्बन गरिनुपर्छ । हरेक कमिटीमा नेतृत्वले उत्कृष्ट ढङ्गले कार्य योजना लागु गरेमा मात्र पुनः निर्वाचित हुने वा माथिल्लो कमिटीमा निर्वाचित हुन पाउने व्यवस्था गर्दा मात्रै पार्टीभित्र प्रतिस्पर्धात्मक कार्य प्रणालीको आरम्भ हुनेछ । यस्तै नेतृत्व छनोटका लागि आवधिक रुपमा सञ्चालन हुने सैद्धान्तिक बैचारिक कक्षामा उतीर्ण व्यक्ति मात्रै योग्य हुने पद्दतिको विकास गर्दा मात्रै पार्टी र कार्यकर्ताको क्रान्तिकारीकरण र माक्र्सवादीकरण गर्ने आधार तयार हुनेछ ।

यस पद्धतिले नेताको फेर नसमाई गुटवन्दीको सहारा नलिईकन काम गरेर सैद्धान्तिक बैचारिक क्षमताको विकास गरेर मात्र नेतृत्व पुग्न सकिने मानयतालाई सुनिश्चित गर्दछ साथै पार्टीभित्र हुन गुटगत गतिविधि स्व्तःन्यूनीकरण हुँदै जान्छ ।

पार्टीको प्रभावकारी काम भनेको अनुगमन मूल्याकन महत्वपूर्ण पक्ष हो । तल्लो कमिटीको कामको सुक्ष्म ढङ्गले अनुमगन र सहजीकरण गर्ने र आइपरेका यावत समस्याको समाधानकर्ता, कामको वस्तुनिष्ठ समीक्षा र मूल्याकंन गर्ने नै हो ।
तर, माथिल्लो कमिटीको नेतृत्वले आफूलाई भाषण गर्ने नेताको रुपमा मात्र प्रस्तुत गर्दछ भने कसरी अनुगमन होला ? विचारणीय विषय बनेको छ । अनुगमन ठीक ढंगले भए नभएको पनि निगरानी गर्ने विधि र पद्दतिको विकास अर्को चुनौती हो । यस्तै पार्टीलाई आधारित बनाउने कि जनआधारित कार्यकर्ताको पार्टी बनाउने यतिखेर अहं विषय बन्दैछ ।

कार्यकर्ता बेस पार्टी बनाउने पार्टिमा सैद्धान्तिक बैचारिक कक्षामा अनिवार्य उत्तीर्ण र जनसंगठनहरुमा अनिवार्य संगीत र क्रियाशीलतालाई आधार बनाउँदै संगठित सदस्यता प्रदान गर्ने र पार्टीमा प्रवेश हुन इच्छुक सबैलाई पार्टी प्रवेश पत्र दिने खालको नीतिले मात्रै पार्टिमा क्वालिटीयुक्त कार्यकर्ताको निर्माण गर्न सकिन्छ, अन्यथा पार्टी भिडहरुको माता बन्न पुग्दछ ।

जहाँ जनता त्यही नै जनतलाई सेवा पुर्‍याउन र जनताले भोगेको समस्याको अगुवाई गर्न जनतालाई पार्टीमा गोलबन्द गर्न, पार्टीको बैचारिक लाइनलाई जनस्तरमा पुर्‍याउन र जनता र पार्टी जनप्रतिनिधिवीच सजीव सम्वन्ध स्थापित गर्न र बर्ग संघर्ष लाई संसद सरकार र सडकको मोर्चाबाट सन्तुलित ढंगले अगाडि बढाउन एक टोल एक संगठनको अवधारणा अनुरुप संगठन निर्माण र विस्तार गरे मात्र जनता र पार्टीवीचको सम्वन्ध प्रगाढ बन्ने छ, अन्यथा पार्टी चुनावदेखि चुनावसम्मको मात्रै हुने छ र यस्तो जनताबाट अलग थलग भएको पार्टिले आर्थिक-सामाजिक रुपान्तरणको एजेण्डा अगाडि बढाउन सक्दैन ।

जनसंगठनहरुलाई अर्थवादी सोच चिन्तन र गतिविधि भन्दा मािथ उठाउने अहिलेको चुनौती हो । समुदायका माग र समस्या समाधानमा बेखबर बन्ने र प्रभावहीन बन्ने जनसंगठन पार्टीको बोझ बन्न पुग्दछन् ।

कम्युनिष्ट आन्दोलनभित्र खासगरी राजकीय पदमा पुगेका र पार्टीको मात्र जिम्मेवारी लिइरहेका पार्टीको जिम्मेवारीका कारण पैसा कमाउनेतर्फ नलाग्ने कार्यकर्तावीचमा बढ्दै गएका वर्गअन्तर एकै व्यक्तिले पटक-पटक राजकीय जिम्मेवारीको अवसर पाउने अझ एकाघर परिवारकाले एकैपटक महत्वपूर्ण अवसर पाउने विषयले गम्भिर चुनौती खडा गरेको छ ।

बेलाबेलामा उठ्ने गरेको एक व्यक्ति एकपद व्यवहारमा लागु नहुँदा राजकीय जिम्मेवारीपन पार्टीको जिम्मेवारी पनि उत्कृष्ट ढंगले पूरा हुन सकेको छैन ।

यद्यपि पार्टी एकीकरणको संक्रमणकालीन अवस्थामा राजनीतिक निर्णय र समझदारी नै महत्त्वपूर्ण पक्ष हो । तर, अब आगामी दिनमा पार्टी र सरकारको वीचको कामलाई भिन्न भिन्न जिम्मेवारीका साथ व्यवस्थित ढंगले परिणाममुखी ढङ्गले सञ्चालन गर्नको विकल्प देखिन्न । पार्टीमा काम गर्नुपर्ने अनेक क्षेत्र र मोर्चामा सहित ढङ्गले नेतृत्व र कार्यकर्ताको विन्यास गर्नु र महत्वपूर्ण पक्ष हो । दुई भिन्न-भिन्न स्कुलिङ कार्यशैली र जीवनशैलीमा हुर्किएका नेता कार्यकर्ताको पार्टीमित्र संगठनात्मक चुस्त व्यवस्था, सामाजीकरण, हार्दिकता, एकता र कमरेडली व्यवहारको विकास, अन्तरविरोध र द्वन्द्वको व्यवस्थापन अर्कातिर चुनौती बन्न सशक्तछ । योजनावद्ध निरन्तर घनीभूत बैचारिक प्रशिक्षण र सहकार्यबाट यी विषयलाई हल गरिनु पर्दछ ।

पार्टी कमिटीहरुभित्र बैठक नै बस्न नसक्ने, ठूलो भद्दाको संख्याको कमिटी हुँदा छलफल नै हुन नसक्ने, पार्टीका औपचारिक बैठक भित्र काम र समस्याको सहि रिर्पोटिङ्ग नहुने र माथि गरिएका निर्णय केवल अनुमोदनमात्र गर्ने निकायको रुपमा विकास हुँदैछन् । यसले लेनिनवादी संगठनात्मक सिद्धान्तमाथि गम्भीर प्रहार गरेको छ ।

केन्द्रीयता हावी हुने, नेतृत्व कार्यकर्तातर्फ नआउने, दोहोरो सम्वाद नहुने, पार्टी कार्यकर्ता घर-घर फूलमाला लिएर, लाइन लागेर बधाई दिनुपर्ने, तर कमिटीहरु यी काममा रमिते बन्न थालेका छन् ।

पार्टी कार्यालयभन्दा पनि घरघरबाट काम हुन थालेपछि पार्टी कार्यालय औचित्यहीन बन्दैछन् । पार्टी कमिटीहरुलाई आर्थिकरुपले आत्मनिर्भर नबनाउने, उद्योगी व्यापारीबाट चन्दा लिने र पार्टी सरकारमा गएपछि तिनै चन्दादाताको चंगुलमा फस्ने, निर्वाचन उम्मेदवार आफैंले चुनाव खर्च जुटाउनुपर्ने, हिसाव-किताब पारदर्शी नहुने, लेखापरीक्षण नहुने आदि समस्याले पार्टीको इमेजल धुमिल बनाउँछ । पार्टी एकीकरणका सन्दर्भमा सुदृढ र आत्निर्भर आर्थिक व्यवस्थापनको नीतिका तयार त्यसकालाई कडाइसाथ लागु गर्नु अर्को चुनौती छ ।

पार्टी एकीकरणसँगै नयाँ बन्ने पार्टीले यी समस्या र चुनौतीलाई सामना गर्ने सामाग्रीक सोच र नीतिका साथ संगठनात्मक व्यवस्थापनको नीति अवलम्बन गर्नु पर्दछ ।

पार्टी एकीकरणसँगै सही कार्यनीतिक कार्यदिशा, संगठनात्मक नीति र तदनुरुप एकीकृततवरले पार्टी संचालन हुने हो भने नेपालको कम्युनिष्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनमा अनुकरणीय बन्ने छ । पार्टीले जनताको अगाध माया, विश्वास निरन्तर पाउने छ र सरकारमा गएर शान्तिपूर्ण तवरले अािर्थक सामाजिक क्रान्ती सहज ढंगले गर्ने आधार बन्ने छ अन्यथा भारतीय कम्युनिष्ट पार्टीले पश्चिम बंगालमा व्यहोरेको नियति नहोला भन्न सकिन्न ।
(खनाल एमालेका केन्द्रीय सदस्य हुन्)

 

photo

NOC1-250x300